श्री शनि संकटाको दर्शन गर्दै हेर्नुहोस आजको ताजा राशिफल : यो-यो राशिलाई अत्यन्तै कालो छ आजको दिन

२०७६ श्रावण २५, शनिबार ०७:३५ गते २०७६ श्रावण २५, शनिबार ०७:३५ गते २०७६ श्रावण २५, शनिबार ०७:३५ गते
  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):Ariesजिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। (नेपाली पात्रो)
  • बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):Taurusघुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। (नेपाली पात्रो)
  • मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):Geminiविवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। शत्रुहरू पनि किनारा लाग्नेछन्। (नेपाली पात्रो)
  • कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):Cancerसुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। तापनि, चिताएका काम सम्पादन गर्न सकिनेछ। (नेपाली पात्रो)
  • सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):Leoअरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। (नेपाली पात्रो)
  • कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):Virgoनयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। (नेपाली पात्रो)
  • तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):Libraमिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। (नेपाली पात्रो)
  • बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):Scorpioनयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। (नेपाली पात्रो)
  • धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):Sagittariusआकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सावधान रहनुहोला। (नेपाली पात्रो)
  • मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):Capricornप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। धनको उपयोगबाट दिगो फाइदा हुने कामको जग बसाउन सकिनेछ। सानोतिनो काममा पनि मनग्य फाइदा हुनेछ। (नेपाली पात्रो)
  • कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):Aquariusप्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। (नेपाली पात्रो)
  • मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):Piscesअरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। भाग्यले साथ दिए पनि परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। तापनि विशेष जिम्मेवारी प्राप्त हुनाले रोकिएका काम सम्पादन हुनेछन्। सानो प्रयत्नले धेरैको भलाइ गर्न सकिनेछ। लगनशीलताले बिस्तारै फाइदा पनि दिलाउनेछ। मिहिनेत गर्दा सम्मानित स्थान प्राप्त हुन सक्छ। (नेपाली पात्रो)

यो पनि पढ्नुहोस :शरीरका अंगहरु सुन्निने समस्या छ ? यस्ता छन् समाधानका उपाय:एजेन्सी : शरीरका अंग कहिलेकाहीं सामान्य आकार भन्दा बढ्छन् । त्यो समयमा त्यहाँ औंला राख्दा पनि खाल्डो पर्छ र शरीर सबै दुख्ने हुन्छ । यो समस्या विभिन्न कारणले हुने गर्छ । पोषणको कमी, महिलाहरुको महिनावारीमा गडबडी, चिसो लाग्ने समस्या आदिका कारण शरीरका अंगहरु सुन्निने गर्छन् ।शरीरका अंग सुन्निएको समयमा दैनिक जीवनमा असर त गर्छ नै, स्वास्थ्यमा पनि थप असरहरु पर्न सक्छन् । शरीर सुन्निने समस्याबाट छुटकारा पाउनको लागि सामन्य घरेलु उपाय अपनाउन सकिन्छ । यसको लागि जिरा चिनीको आवश्यकता पर्छ।चिनी र जिरालाई पिसेर चुर्ण जस्तै बनाउनुपर्छ । त्यसपछि त्यो चुर्ण हरेक दिन खानुपर्छ । मनतातो पानीसंग दिनको तीन पटकसम्म यो चुर्ण खानाले शरीरको सुन्निएको भाग कम हुँदै जान्छ । यो विधि निकै प्रभावकारी हुन्छ।शरीरको सुन्निएको अंग घटाउनको लागि छोडा या खजुर पनि उत्तम औषधि हो । छोडालाई दुधमा पकाएर या यत्तिकै दुधसंग खानुपर्छ । यदि गुलियो स्वाद मीठो हुन्छ लाग्छ भने दुधमा चिनी पनि मिसाउन सकिन्छ । चिनीले शरीर सुन्निएको अवस्थामा फाइदा गर्छ ।शरीर सुन्नीनुका विभिन्न कारण हुन्छन् । शरीरको कुनै भित्री अंगमा असर परेकोले या कुनै रोगका कारण पनि शरीर सुन्निने गर्छ । त्यसैले यदि शरीरको अंग सुन्निएको धेरै समय भएको छ र घरेलु उपाय अपनाउँदा पनि कम भएको छैन भने जति सक्दो छिटो डाक्टरकहाँ जानुपर्छ । यसो गर्नाले खतरनाक रोगहरुबाट बच्न सकिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *