दाङको आन्दोलन झन पछि झन शक्तिशालि : भोलि राजमार्ग कब्जा गर्ने

२०७४ माघ ५, शुक्रबार १६:०३ गते २०७४ माघ ५, शुक्रबार १६:०३ गते २०७४ माघ ५, शुक्रबार १६:०३ गते

देउवा नेतृत्वको सरकारले गत मंगलबार ५ नंवर प्रदेशको राजधानी रुपन्देही तोके संगै दाङमा झन पछि झन चर्किदै गएको छ । नेपालकै राजधानि दाङमा सार्ने चर्चा चलिरहेको बेला एउटा प्रदेशको राजधानि सम्म हुन नदिएको भन्दै दाङमा आन्दोलनले उग्र रुप लिएको हो ।५ नं प्रदेशको राजधानि दाङमा तोक्न माग गर्दै दाङबासि आन्दोलनमा उत्रिएका हुन । प्रदेशका सबै जिल्लाहरुलाई अपाएक पर्ने ठाँउमा र भारतिय सिमाना नजिक भारतिय इशारामा राजधानि तोकेको भन्दै सरकारको निर्णय बिरुद्ध आलोचना संगै कडा भन्दा कडा आन्दोलनमा उत्रिए दङगालि बासिले भोलिबाट शसक्त रुपमा आन्दोलन गर्नुका साथै पुर्व पश्चिम राजमार्ग कब्जा गर्ने निर्णय गरीएको माओवादी केन्द्र दाङका सहइन्चार्ज तथा दाङ राजधानी संयुक्त संघर्ष समितिका सचिव निर्मल आचार्यले बताएका छन ।

आज घोराहीको तुलसीपुर चोकको आमसभालाई सम्वोधन गर्दै सचिव सचिव आचार्यले यो आन्दोलन कुनै पार्टी विशेषका विरुद्व नभई सरकार विरुद्व भएको बताएका छन । साथै उक्त सभामा आज बैठक बसि गरीएका आन्दोलनका कार्यक्रमको बारेमा पनि जानकारी दिएका थिय ।आचार्यले जनप्रतिनिधीको पुत्ला जलाउनु निन्दनिय कार्य भएको भन्दै भर्तसना गरेका छन । उता नेताहरु दाङ राजधानि बनाउने बिषयमा चर्किएको आन्दोलनलाई कसरी शक्तीशाली बनाउने भनेर वैठक वसीरहनु भएको छ तर हामीले अमानबिय रुपमा उनिहरुको पुत्ला जलाई रहेका छौ । यो तरीकाले हाम्रो आन्दोलन सहिदिशामा नजाने भन्दै दाङ राजधानीको जनप्रतिनिधीको पुत्ला जलाउनु निन्दनिय कार्य भएको भन्दै सहि तरीकाबाट मात्र आन्दोलन गर्ने पनि उनले बताए ।भोलि हुने आन्दोलनमा घोराही ,तुलसिपुर र नाराएणपुर बाट करीव २० वटा गाडिमा आन्दोलन कारीहरु देउखुरी भ्यालिमा पुगेर राजमार्ग कब्जा गर्ने कुरा पनि दाङ राजधानी संयुक्त संघर्ष समितिका संयोजक समेत रहेका नेकपा एमालेका दाङका अध्यक्ष टिकाराम खड्काले बताए । उक्त आम सभामा बोल्दै उनले यस्तो बताउका हुन । भोलिका दिनमा आन्दोलन कसरी गर्ने भन्ने कुरा भोलीको वैठकले निर्णय गर्ने र लमहीमा गरिने आमसभामा सार्वजनिक गर्ने भन्दै खड्काले संयुक्त संघर्ष समितिको निर्णय भन्दा फरक तरीकाले कसैले आन्दोलन नगर्न अनुरोध गर्दै सभालाई संवोधन गरेका छन ।आक्रोसित रुपमा संवोधन गरेका खड्काले देउवा सरकारले प्रदेशको राजधानी तोक्दा भारतीय इशारामा राजधानि तोकेर राष्ट्रघात गरेको आरोप लगाएका छन ।हाम्रो आन्दोलन चलिरहने छ । जहिले सम्म दाङ राजधानी हुनैन त्यो वेला सम्म अनिश्चितकालीन आम हड्ताल तथा आन्दोलन चली रहने र त्यति मात्र नभएर आफु बलिदान दिन परेपनि पछि हट्ने छैनौ खड्काले भने ।

बर्दीया, रोल्पा, बाँके कपिलवस्तु , प्युठान र अर्घाखाँचिले दाङ राजधानीका लागि प्रतिबद्वता जनाउने बचन दिएको भन्दै खड्काले अव कुटनितिक तरीकाले पनि आन्दोलन परिचालन गर्नु पर्ने बताए ।सभालाई संवोधन गर्दै कांग्रेस दाङका उपसभापति कमान सिंह भारतीले ठट्यौलि पारामा हामीले कुनै व्यक्ति विशेषको नाममा विरोध वा समर्थन गर्ने छैनौ भन्दै राजधानी तोक्ने जिम्मेवारी सरकारको भएको र सरकारले गल्ती गरेको हुदा सरकारका विरुद्व दंगाली हरुको आन्दोलन हो । हामिले आफ्नो ठाँउ दाङ भएर मात्र हैन समग्र प्रदेश नं ५ को केन्द्रमा पर्ने भएकाले हामिलाई राजधानि दाङ चाहिएको बताउनु भयो । हामी कांग्रेस त हौ तर त्यो भन्दा पहिला दंगाली भएको हुदा दाङ राजधानी सरोकार संघर्ष समितिको निर्णय बमोजिम चल्नु पर्ने बताएका थिए ।अव हामी एमाले कांग्रेस वा माओवादी नभई स्वाभीमानी दंगाली भएको र संयुक्तरुपमा आन्दोलन लाई निष्कर्षमा नपुराउदा सम्म संघर्ष गरी रहने बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *