दाङ, २३ भदौ
सधै पहिरणको विषयलाई लिएर विवादमा आउने गायिका ज्योति मगर शनिवार भने फरक ड्रेसमा देखिईन् । मगर पोशाकमा सहिएकी ज्योति घोराहीमा देखिईन् । लोक तथा दोहोरी गीत प्रतिष्ठना दाङको आयोजनामा भदौ २२ गतेदेखी सुरु भएको तीज महोत्सवमा उनी गुन्यो चोलीमा देखिईन् । उनको प्रवेश हुँदा कार्यक्रम सञ्चालकले उत्साहका साथ भनिरहेका थिए । हाम्रो कार्यक्रमकालागि आउनुभएका गायिका एवं मोडल ज्योति मगर महोत्सव स्थलमा प्रवेश गर्दै हुनुहुन्छ भन्दा सबैको अपेक्षा थियो उनी वान पीसमा नै आउछिन् भन्ने तर उनी गुन्यो, चोली र घलेकमा स्टेच चढिन् ।
एनको प्रस्तुतिमा पनि तीज गीतहरु प्रस्तुत गरिन् । उनको प्रस्तुतिमा दर्शकहरु खुबै रमाए । उनले जब पहिलो गीत गाउन सुरु गरेकी थिईन् । पानी बर्षीयो । भदौरे पानीको वास्ता नगरि उनी गीत गाईरहिन्। दर्शकहरु पनि उनीसँगै रमाईरहे । छाता हुनेहरु छाता आढेर उनको प्रस्तुतिमा रमाए भने युवाहरु पानीको झरीसँगै भिजेरै उनलाई साथ दिए । उनले मौलिक तीज गीत पनि प्रस्तुत गरिन् । उनको प्रस्तुतिमा दर्शकहरु खुबै झुमे । उनले आधा दर्जन बढी गीतहरु प्रस्तुत गरेकी थिईन् । ज्योतिले ‘टिपन सकेन खाईन बरिलै, चोरी खान पल्केको ढाडे बिरालो, उही मुलाको सिन्की उही मुलाको चाना, आँखैमा लाएको गाजल राम्रो’ लगायतका गीतहरु प्रस्तुत गरेकी थिईन् ।
महोत्सवको दोस्रो दिन आज डान्सर सुनिता बुढा मगर,राप्ति डान्सिङ कम्पिटिसनमा चौथो स्थान हासिल गर्न सफल बाल कलाकार एञ्जल सोमै मगर ,गाएक रामसिङ बिक ,हाँस्य कलाकार राजु बिक , मोडल प्रकाश सोनि, गायक पुर्ण पुन र चर्चित गायक नायक तथा कुशल कार्यक्रम संचालक बिजय पुन लगायतले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
Views: 0