भासिदैछ काठमाण्डौ उपत्यका, जोखिम बढ्दै

२०७६ श्रावण २८, मंगलवार ११:१८ गते २०७६ श्रावण २८, मंगलवार ११:१८ गते २०७६ श्रावण २८, मंगलवार ११:१८ गते

काठमाण्डौ उपत्यका अस्तव्यस्त छ । धेरै हिसावले जोखिममा पनि छ । सायद तपाईहरुलाई थाहा छैन होला, काठमाण्डौ उपत्यकाको जमिन दिनप्रतिदिन धसिदै गएको छ । हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले भासिँदा मानव वस्तीका लागि समस्या पनि थपिदै गएको छ ।आकाशबाट हेर्दा जति मनमोहक देखिन्छ यो काठमाडौं, जमिनमा ओर्लिएपछि त्यति नै समस्याले ग्रसित छ । जनसंख्याको बढ्दो चाप र थेगिनसक्नु कंक्रिटको जंगलका कारण काठमाडौं उपत्यका धसिदै गएको छ । अर्थात् भासिन थालेको छ ।

त्रिभुवन विश्वविद्यालय, नास्ट र अमेरिकी संस्था युनाभले संयुक्त रुपमा गरेको पाँच वर्षे अनुसन्धानले काठमाठौं हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले धसिदै गएको छ । अध्ययनअनुसार पाँच वर्षको अवधीमा काठमाडौं करिब ५० सेन्टिमिटर भन्दा बढिले भासिएको छ ।सबैभन्दा बढि काठमाडौंको छाउनी क्षेत्र धसिएको छ । जहाको क्षेत्र हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले धसिदै गएको छ । दोस्रो नम्बरमा खुमलटार क्षेत्र पर्छ । यो क्षेत्र प्रतिवर्ष ११ सेन्टीमिटरका दरले भासिँदै छ । अध्ययनका लागि जिपीएस टावर राखिएका सबैजसो क्षेत्रको जमिन भासिँदै गएको पाइएको अनुसन्धानमा खटिएका भूगर्वविद् अनन्त गजुरेल बताउँछन् ।जमिन भासिँदा पानीको स्रोतमा सबैभन्दा बढि प्रभाव परेको छ । कीर्तिपुरमा ०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो, तर ०७१ सालमा ११ मिटरमुनि मात्रै पानी भेटिएको छ । ललितपुरको लुभुमा ०५८ सालमा पानीको सतह ३० मिटर मुनी थियो भने ०७१ सालमा ४० मिटर मुनि पुगेको देखिएको छ ।

मुलपानीमा ०५८ सालमा ३१ मिटर मुनि पानीको सतह थियो, ०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ । भूसतहको पानी सुक्दै गएकाले नै जमिन भासिएको हो । यसले भयावह रुप लिनु अघि नै जमिन मुनिको पानीको दोहन रोक्न पहल थालिएको जलस्रोत तथा सिचाई विभागका उपमहानिर्देशक दीपक घिमिरे बताउँछन् ।भूमिगत जलस्रोतको दोहनकै कारण भासिन थालेको जमिन चिरा पर्नु अघि नै सचेत नभए स्थिति भयवाह हुन सक्ने विज्ञहरुको चेतावनी छ ।अनुसन्धानले बेलैमा पत्ता लगाएको विषयलाई हेल्चेक्राई नगर्न र काठमाडौंमा तत्कालै पानीका अन्य स्रोतहरुको जोहो गर्न सरकार तत्पर हुन जरुरी छ ।रिपोटर्स नेपाल

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed