प्रितिले तताइन तिज महोत्सवको स्टेज

२०७५ भाद्र २५, सोमबार १२:०१ गते २०७५ भाद्र २५, सोमबार १२:०१ गते २०७५ भाद्र २५, सोमबार १२:०१ गते

घोराही २५ भाद्र
हिन्दुहरुको महान् पर्व हरितालिका तीजको अवसरमा घोराहीमा जारी तीज महोत्सवमा रौनकता बढ्दै गएको छ । महोत्सवको चौथो दिन दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

अनाथ बालबालिका सहयोगार्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा शुक्रवारदेखी सुरू भएको ‘तीज विशेष सांस्कृतिक महोत्सव २०७५’ मा सोमवार चर्चीत गायिका प्रिती आले लगायतका कलाकारहरूले प्रस्तुति राखेका थिए । युवाहरूको रोजाई गायिका प्रितीले उत्कृष्ट प्रस्तुती राखेकी थिईन् । उनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेकी थिईन् ।

उनले चौतारीमा बरपिपल छाया, लै बालै फरर, मन परेको जुत्ता पो जुत्ता, बामरी म भोली गै हाल्छु बसे रामरी लगायतका गीतहरू प्रस्तुत गरिन् ।
महोत्सवमा दंगाली गायक पिताम्बर रिजालले पनि प्रस्तुत गरेका थिए । उनले ुशंख घण्ट बजाईदेउ, नाई नाई नभने मयालेु लगायत प्यारोडी गीतहरू प्रस्तुत गरेका थिए ।

महोत्सवमा मंगलवार श्रीदेवी देवकोटा, आयुशा राई, प्रेमप्रकाश मल्ल, खड्ग शर्मा लगायतका कलाकारहरूको प्रस्तुति रहने महोत्सवमा सांस्कृतिक संयोजक राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *