पत्रकार अधिकारीको निधनप्रति विज्ञप्तिमार्फत महासंघद्धारा दुःख व्यक्त !!

२०७६ भाद्र १, आईतवार १९:०९ गते २०७६ भाद्र १, आईतवार १९:०९ गते २०७६ भाद्र १, आईतवार १९:०९ गते

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रुपन्देही शाखाका सदस्य डायलसन अधिकारीको सवारी दुर्घटनामा परी निधन भएको दुःखद खबरले स्तब्ध बनाएको जनाएको छ ।

महासङ्घले आज एक विज्ञप्तिमार्फत स्व अधिकारीप्रति श्रद्घाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्तिमार्फत दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित समवेदना व्यक्त गर्नुभएको छ ।

कामको सिलसिलमा रुपन्देहीबाट विराटनगरतर्फ जाँदै गर्दा ४२ वर्षीय अधिकारी चढेको बा १६ च २२३५ नंको जीप सप्तरीको कच्नरुप गाउँपालिकामा शनिबार दुर्घटना उहाँको निधन भएको थियो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी बासिन्दा पत्रकार अधिकारीका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

लामो समयदेखि रुपन्देहीमा पत्रकारिता गर्दै आउनुभएका पत्रकार अधिकारीले रेडियो नमस्तेको स्थापनाकालदेखि नै स्टेशन प्रमुखका रुपमा काम गर्नुभएको महासङ्घले जनाएको छ।

पछिल्लो समय आफ्नै सक्रियतामा ई–लगन न्यूज डटकम सञ्चालन गर्दै आउनुभएका पत्रकार अधिकारी रेडियो नेपालको स्थानीय संवाददाता हुनुहुन्थ्यो ।

उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *