सबैलाई बलप्रयोग गरी आ–आफ्नो स्थानमा फर्काइदिने चेतावनी – एसपी मल्ल

२०७६ भाद्र २, सोमबार १०:५० गते २०७६ भाद्र २, सोमबार १०:५० गते २०७६ भाद्र २, सोमबार १०:५० गते

चितवन ।रवि लामिछानेसहित तीनजनामाथि छानबिन र कारबाही नगर्न दबाब दिँदै निरन्तर प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले चितवन भरतपुरका केही स्थानमा निषेधाज्ञा जारी भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रमा भेला भएर नारा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाएको हो । अस्पताल सिटीमा रुपमा चिनिने भरतपुरको उक्त क्षेत्रमा धेरै अस्पताल तथा स्वास्थ्य संस्था छन् । दिनदिनैको प्रदर्शनले बिरामी मर्कामा परेकाले प्रदर्शनमा रोक लगाइएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

२० साउनमा नारायणगढको एक होटलमा आत्महत्या गर्नुअघि पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू मृत्यु रोज्न बाध्य भएको बताएका थिए । सोही कारण लामिछानेलाई प्रहरीले पक्राउ गरी चितवन लगेको हो । हाल आरोपी तीनैजना अदालतको अनुमतिमा प्रहरी हिरासतमा छन् ।

लामिछाने सहितमाथिको अभियोगमा छानबिन नगर्न र कारबाही नगर्न माग गर्दै भरतपुर क्षेत्रमा केही दिनयता राजधानी र मुलुकका अन्य केही भागबाट गएको समूहले निरन्तर प्रदर्शन गर्दै आएको छ । एसपी मल्लले प्रहरी छानबिन प्रभावित गर्ने गरी दबाब दिने उद्देश्यले जारी प्रदर्शन अराजक बनाउन खोजिएको सूचना पाएको भन्दै यदि त्यस्तो भए चितवन बाहिरबाट आएका सबैलाई बलप्रयोग गरी आ–आफ्नो स्थानमा फर्काइदिने चेतावनी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *