सशक्त बन्दै दाङमा आन्दोलन, भोली लमहीमा बृहत आमसभा बाटोमा अलपत्र यात्रुलाई बन्दकारीले नै खुवाए खाना

२०७४ माघ ५, शुक्रबार १६:५८ गते २०७४ माघ ५, शुक्रबार १६:५८ गते २०७४ माघ ५, शुक्रबार १६:५८ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ५ माघ । देउवा नेतृत्वको सरकारले ५ नम्बर प्रदेशको राजधानी रुपन्देही जिल्लामा तोकेपछि दाङमा चर्केको आन्दोलन झनै सशक्त बनेको छ । ५ नम्बर प्रदेशका आम नागरिकहरुलाई अपायक पर्ने स्थानमा राजधानी तोकेको भन्दै सरकारको कडा बिरोध गर्दै चर्केको आन्दोलन थप सशक्त भएको संयुक्त संघर्ष समितिका सचिव तथा माओवादी केन्द्र दाङका सह – इन्चार्ज निर्मल आचार्यले बताएका छन् ।
आन्दोलनको चौथो दिन आन्दोलनकारीले जिल्लाका सम्पूर्ण सरकारी कार्यालय घेराउ गरी सरकारी कार्यालय अगाडी कोण सभा समेत गरेका थिए । कोणसभा लगतै संघर्ष समितीको आकस्मिक बैठक बसी भोली शनिवार दाङको लमहीमा बृहत बिरोध सभा गर्ने र राजमार्ग केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको समितीका सचिव निर्मल आचार्यले बताएका छन् । नेता आचार्यका अनुसार भोली शनिवार राजमार्गमा हुने बृहत सभा पश्चात थप आन्दोलनका कार्यक्रम सार्बजनिक हुने बताएका छन् । यसै बिच प्रदेश राजधानीको माग गर्दै जारी आन्दोलनको क्रममा आज राति दाङ देउखुरीको सडक खण्डमा पूर्वपश्चिम राजमार्ग ठप्प हुने भएको छ । शुक्रवार राती गाडी चल्न नदिने निर्णय गरिएको र त्यही अनुसार शक्ति राजमार्गमा केन्द्रित गरिएको निर्वाचन परिचालन समितिका सचिव निर्मल आचार्यले जानकारी दिए । बन्दका कारण बिहानै देखि दाङ ठप्पे छ । आन्दोलनका कारण जिल्लाका उद्योग, कलकारखाना, यातायात सबै क्षेत्र चार दिन देखि ठप्प रहेका छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरु पूर्ण रुपमा बन्द गर्ने, होटल सहित सबै बजार बन्द गर्ने, एम्बुलेन्समा बिरामी हो र होइन एकिन गरेर मात्र चल्न दिने, अटो, रिक्सा समेत बन्द गर्ने जस्ता निर्णयहरु पनि गरिएका छन् । बन्दका कारण लमही, भालुवाङ र सिसहनियाँमा यात्रुहरु अलपत्र परेका छन् । अलपत्र परेका यात्रुहरुलाई सिसहनियाँमा सिसहनियाँ उद्योग वाणिज्य संघ,व्यापारी र स्थानीयहरुले पैसा उठाएर यात्रुहरुलाई मेस चलाएर २ वटा बसका ६५ जना यात्रुहरुलाई खाना खुवाएको सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिएका छन् । उता बन्दकर्ताहरुले भालुवाङ पुल्चोक स्थीत बिच सडकमै टेन्ड टागेर बन्द गरेका छन् । दाङको अस्थाय राजधानी घोषणा नहुदा सम्म आन्दोलन जारी रहने बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *