हेल्लो -सेवारो टङ्क सर म आईपुगिहाले होटल रत्नज्योती कवि चन्द्रबिर तुम्बापोको मीठो मुस्कान र हौसला मिसिक्क हासाई र अलिक गम्भीर सुझाप टङ्क सेलिङ र हासैमा पुरै कन्जुस्याइँ गर्ने सन्त थलङ र झोक्की डब्बल सुब्बाको बिदाई पछि उतानो फर्किएको खाल्डो नेपाल छोडी फर्फिङ हुँदै चिसोपानीको चिसो हावा सगै भिमसेन फेदिको साघुरो बाटो र तराईको प्रचण्ड गर्मी सङँ जुद्दै तय भयो काङ्सोरे धिर यात्रा पुर्ब लिम्बुवानको ऐतिहासिक स्थल तिम्बुङ वरक सम्मन।
किन हो? हाम्रो ऐतिहासिकतामा आखीडायी लाग्या किन हो? हाम्रो सुन्दर संरचना भत्काउनु किर्याशिल भएका होला यी जाहाजी मुसाहरु यस्तैयस्तै आफुले आफै लाई प्रश्नको बाणले हानिरहेको थियो झसङ्ग बिम्झिए छु मिरमिरे घाम संगै डुङडुङ्ती भारतीय साम्राज्यवादको गन्द गनाउने कोशि ब्यारेकको अन्ठाउन्न डोका देखिन सिधै अन्तिम ढोका पुग्दै गर्दा आँखा मिच्दै जर्याजुरुक्क उठे मेरो स्वागतमा लिम्बुवान। सुंगुरको थुतुनो जस्तो जापनिज कम्पनिको हाईसमा हुईकिन्दै थिए हतारोको साथ दायाँबायाँ नहेरी मनौ निक्कै ठूलो काम बिगारेको छु एक्कासि धुलाबारी क्याम्पस कम्पाउन नेर अलिअलि मेटिएको,अलिअली ल्याउले कालो बनाएको होकि होईन जस्तो रातो अक्षरमा कुदिएको पुर्ण समानुपातिक निर्वाचन लागू गर! भनी खबरदारी नारामा नजर पर्यो लाग्यो यी रातो रङ नभएर मित्र विद्यार्थी सहिद मनिल तामाङ्को हुनु पर्छ। किन भने ती अक्षरमा अधुरो सपना देखे ती रातो रङमा कताकता अधुरो क्रान्ती देखे ती बिचल्लीमा परेको आत्म लाई साकार पर्ने मौन बाचा सहित बिदा भए। हतारो चैन एकदमै थियो। जीवन जिउने आफ्नु मात्र मुक्ती कहिल्यै नखोज्ने मृत्यु सङँ खुसिको साथ लड्ने धेरैको मुक्ती मिल्छ भने हासिहासी मृत्यु रोज्ने अथक योद्दा इक्साहाङ दाई मेरो पर्खैमा पसिना तुरुरुरु चुहाउदै सालिन र धर्यता लाई बराबर बनाएर बसेको थिए सेवारो सहित आत्मीय हात मिल्यो नमिलोस कसरी भोलि देखिन एउटै मोर्चामा,एउटै उदेश्यमा नेतृत्व गरेर अगाडि बड्नु थियो। एकछिन नि डिलो नगरी छलफल र गृहकार्यमा जुट्यओ कताकता कानो प्रतिक्रियावादी सरकारको क्रियाकलाप सम्झदा आबेसमा आउथ्यौ तर बिबेग पिटिक्कै गुमाउनु नहुने चुनौती थियो। सरकार त छदै थियो विफल पार्न तर एक जमात त हाम्रै समुदायको मान्छे लागि परेको थियो मलाई केके भने के पारिवारिक कुरो,सेवासुबिधा र भबिस्यको कुरो अहो सुनिनसक्नु तर म एक महान रुसि क्रान्तिकारी अलिक्साण्डर उल्यानोभको(लेनिनको दाजु)प्रभावित थिए घरको चिन्ता लिने कोहि क्रान्तिकारी हुन सक्दैन अन्याय अनेचरको विरुद्ध गरिन्ने संघर्ष नै क्रान्तिकारीको लागि सर्बोपरी हुन्छ यो भनाईले एकदम्मै प्रभाब पारेको थियो। फेरि हामी क्रान्तिकारी कै रुपधारन त गर्दै थियौ त्यो पनि खुङ्कार क्रान्तिकारी।
खुरापाती कुरो सामना गर्दै सुरु भयो तिम्बुङ वरक बचाउ अभियानमा काङ्सोरे लङमार्छ-२०७६ झापाको प्रचण्ड गर्मी छोड्दै इलामको सुन्दर र सुन्दरताले कताकता दिरहेको थियो जोस तेस्सैमा होस चै गुमाउनु हुदैन है भाइ भन्दै उर्दि जारी गर्दै थिए सुमन सहयात्री कार्यक्रम सम्बन्धि छलफल ब्याक्तिगत बिचार साटासाट भै नै रहेको थियो त्यतिकैमा पान्थर लिम्बुवान गेठैमा तिम्बुङ वरकको सुन्दरताको पुस्पबाटिकामा कुरुपताको अत्यचार हुर्काउन खोज्नेहरु बिरुद्ध सेलाएकाहरु लाई तताएर,डराएको लाई सुरु बनाएर पछि हाटेकाहरु लाई तानेर कायर लाई बिर तुल्याएर जाग्नु पर्छ भन्दै उभिएका थिए फक्ताङ्लुङ झै अडिग भएर हाम्रो स्वगतमा लिम्बुवानको बाघ। सुमात्लुङ लाई साची राखि तुतुतुम्याङको आशिर्वाद थापी चड्यौ उकालो खोइ कुन्नी किन हो आत्तिएका जल्लादहरुले संयोजक ज्यु लगायत हामी नेतृत्वपक्ती प्रती फलो गर्न थाले प्रत्येक चेक पोष्टमा स्पष्टीकरण आरे दिक्क लाग्दो तर दिक्क मानेर नहुने हुन त के नै हुदो हो चोकचोकमा लिम्बुवान प्रेमी मित्रहरूको आत्मीय भेटघाट,स्वागत सहितको हौसला सहयोग जोस जागर ओहो! मनोबल चोम्जुलुङ्को उचाईमा पुगि सकेको थियो। उकालो हामी तान्दै छौ कि उकालोले हामी लाई तान्दै छ कुन्नी तर उकालो हामी प्रत्येक पाईलापाईलामा छोट्याउदै थियौ एक्कासि मेरो नजरमा नरभक्षी कुरुप मान्छेहरु ठोक्किए। कार्यक्रम बिफल पो बनाउने ह क्कि? मेरो मनमा केही डरले प्रबेश गर्यो डर लाई जित्ने गरि डर भन्दा कयौ गुणा बड्ता त म मा आक्रोशको मसाल दन्कन थाल्यो। संयमित भए र सोचे हामी सांस्कृतिक क्रान्तिमा छौ! धार्मिक अतिक्रमण विरुद्ध छौ! तिम्बुङ वरक बचाउने अभियानमा छौ! सत्यको बाटो मा छौ! गौतम बुद्ध भन्नुहुन्छ डिलोचाडो तेस्तै हो एक न एक दिन सत्यको जित हुन्छ। यी मरुभूमि दिमाग लाई के था होला र ठिक सत्यको बाणहरु डाटिखाने हरु माथी प्राहार हुदा आफ्नु आवसन हुन्छ र नौलो बिहानी उदाउछ भनेर। चिन्तन र कर्म बाट अलग्याउने काम काम भैरहेको थियो उत्पिडक चरित्र भएको शासकहरुले उसै के कम हामी काङ्सोरे चरित्र भएकाहरु मजा लाग्दो कुरो त के भा थियो भने सामाजिक कार्यकर्या र नेता समेत कर्ता नै थियौ।कोहि कर्ता कोहि कर्म हुनु हुदैन भन्ने मान्यतामा थियौ र छौ पनि। लिम्बुवान स्पिरिङ आन्दोलनको आयोजनामा १३ संघसंस्थाले एकबद्दता जनाई सहभागी भएका थिए हिमाली भेगको ज्ञान नभएकोले सुरेस बेघा दाइ ले हामी लाई गाईड गरि भरपुर सहयोग गरिरहनु भा थियो। त्यहाँ कुनै भौतिक संरचना बनाउनु हुन्न भन्ने माग र बनेको संरचना समेत हाटाउन दबाब मुलुक शान्तिपुर्ण आन्दोलनमा थियो।जस्तो छ प्राकृतिक सुन्दरताले भरिभराउ र लिम्बू समुदायको मुन्धुम संग जोडिएको ऐतिहासिक स्थलको अतिक्रमण रोक्न हामी नाक ठोक्किने दुई दिने उकालो अनि दर्के पानीको कुटै र औला जत्रो आतंककारी झै जुकाको आक्रमण मक्कैको सातु, च्यापु गलिन्जेल मक्कै,भटमास,चिउरा चबै,चिसो सिराईटो र लखतरान ज्यान सानू गोठको ठूलो मन भएको गोठालेको गोठको बाँस विभिन्न समस्यको बाबजुत सामुन्द्रीक सतह देखि ४४८०मिटरको उचाईमा रहेको ऐतिहासिक प्राकृतिक,धार्मिक स्थलको भ्रजिनिटी तोडि बनिएको एकल नश्लिय कुटिमा तालाबन्दी लगाउन पुग्यौ।
Views: 0