घोराहीमा महायज्ञ सुरु ः मानसिक सन्तुलन गुमाएकाहरुको आवास निर्माण गरीने

२०७५ आश्विन १, सोमबार १२:३२ गते २०७५ आश्विन १, सोमबार १२:३२ गते २०७५ आश्विन १, सोमबार १२:३२ गते

दाङ, १ असोज

मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ सोमवारदेखी घोराहीमा महायज्ञ सुरु भएको छ । सोमवारदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञको नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा।डा। कुलप्रसाद कोईरालाले गर्नुभएको हो ।

प्रेरणाकालागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ महायज्ञको आयोजना गरिएको हो । सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा पश्चीम नेपालमा पहिलोपटक आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ को उद्घाटन गर्दै प्रमुख अतिथि कोईरालाले महान् उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञ सफल पार्न सम्पूर्णमा अनुरोध गर्नुभयो । संस्कृति र संस्कारको नाममा पछिल्लो समय मानवहरु भड्कीएको भन्दै कोईरालाले यस्ता महायज्ञले धर्म र संस्कृतिलाई सही बाटोमा हिड्नकालागि उत्प्रेरणा प्रदान गर्ने बताउनुभयो । यो महायज्ञले उद्धेश्य प्राप्त गरेमा गडक तथा गल्लीहरुमा मानसिक सन्तुलन गुमाएका व्यक्तीहरु भौतारिएको देख्न नपर्ने उहाँको भनाई छ । यसकालागि सबै एक भएर उद्धेश्य प्राप्तीकालागि लागिपर्न आवश्यक भएको उहाँले बताउनुभयो ।

विशिष्ठ अतिथि प्रदेश सांसद अमरबहादुर डाँगीले धेरै महत्वपूर्ण उद्धेश्य बोकेर महायज्ञ सञ्चालन भएकाले यसलाई सफल बनाउनु सबैको दायित्व भएको बताउनुभयो । दाङमा आयोजना भएका महायज्ञमध्य यो धेरै नै नमूना र महत्वपूर्ण भएको भन्दै उहाँले यसमा सबै दंगालीहरु एक भएर सफल बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो । भौतिक निर्माणकालागि धेरै महायज्ञ भएपनि मानव निर्माणकालागि आयोजना भएको यो पहिलो महायज्ञ भएको उहाँको भनाई छ । राज्यले ध्यान दिनुपर्ने विषयमा सामाजिक संघसंस्थाहरु महान उद्धेश्य लिएर यो धार्मीक कार्यमा जुटेको हुदाँ सबैले दक्ष अनुसारको दान गर्न उहाँले अनुरोध गर्नुभयो ।

आयोजक मूल समितिका संयोजक रुपा वलीको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समितिका पाँच नम्बर प्रदेश प्रभारी प्रेम शाह, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन, ब्रह्मकुमारी ईश्वरिय विद्यालय घोराहीका निलम रोकाय, पण्डीत प्रकाश खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले महायज्ञ सफल बनाउनकालागि आफ्नो क्षेत्रबाट पहल लागिपर्ने बताएका थिए ।

महायज्ञका निर्देशनक डा। भोलानाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई प्ररणाकालागि अभियान नेपाल दाङका अध्यक्ष श्रीधर लम्सालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको सहजिकरण डा। लोकराज पराजुली र आर।के।शीतलले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रम हुनुपूर्व घोराहीमा कलश यात्रा गरिएको थियो । कलश यात्राले बजार परिक्रमा गरेको थियो । महायज्ञ स्थलबाट सुरु भएको यात्रा परिवार नियोजन, तुलसीपुर चोक, दामोदर चोक, नेपाल बैक हुदै बैंक रोड, गणेश मन्दिर, निमा हल रोड, ट्राफिक चोक, विपी चोक, सहिद गेटबाट महायज्ञ स्थलमा प्रवेश गरेको थियो । यात्रामा विभिन्न सामजिक संंघसंस्था, विद्यालय, टोल विकास संस्था, युवा क्लब लगायतको सहभागिता रहेको थियो । महायज्ञमा आजदेखी महात्म्य सुरु हुने छ । बेलुका साढे ६ बजेदेखी महात्म्य एवं भजनकृतन कार्यक्रम सुरु हुने आयोजक मूल समितिले जानकारी दिएको छ ।

महायज्ञमा दैनिक विभिन्न कार्यक्रमहरु हुनेछन् । जसमा तुलादान, भूमीदान, अन्नदान, धान्याञ्चल, नगद दान रहेका छन् । यस्तै विभिन्न कार्यक्रम एवं सेवाहरुकालागि रकम पनि निर्धारण गरिएको छ । महायज्ञको हरेक दिन विहान साढे ७ बजेदेखी हवन्, विहान साढे १० बजेदेखी कथा वाचन र वेलुका ६ बजेदेखी महात्म्य कार्यक्रम हुने छ

महायज्ञको मुख्य आकर्षणको रुपमा १ करोड दीप प्रज्वलन, १ हजार ८ कन्याहरुको पूजा, महायज्ञमा १ सय ८ किलोको लड्डु प्रदर्शन लगायतका रहेका छन् ।

पहिलो दिन ५५ हजार दान

महायज्ञको पहलो दिन मै दान दिने क्रम सुरु भएको छ । महायज्ञको उद्घाटनको दिन सोमवार ५१ हजार दान रकम संकलन भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ भैसाहीका अनन्तराज घिमीरेले स्वर्गीय वुवा अर्जुन घिमीरेको स्मृतिमा ५१ ह्जार रकम दान गर्नुभएको छ । पहिलो दिन मै दान गर्ने घिमीरे परिवारलाई महायज्ञ आयोजक मूल समितिले धन्यवाद दिएको छ ।

२ हजार ५ सयमा तुलादान

महायज्ञका दैनिक कार्यक्रमहरुमध्य तुलादान पनि रहेको छ । तुलादानकालागि यस महायज्ञमा विशेष योजना ल्याईएको छ । २ हजार ५ सयमा तुलादान गर्न सकिने तुलादान व्यवस्थापन उपसमितिले जानकारी दिएको छ । सबैले तुलादान गर्ने अवसर पाउन् भन्ने उद्धेश्यले तुलादान कार्यक्रममा विशेष योजना ल्याईएको उपसमितिका संयोजक युवराज आचार्यले जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *