आजको राशिफल हेर्नुहोस् ।।

२०७६ भाद्र १०, मंगलवार ०७:३८ गते २०७६ भाद्र १०, मंगलवार ०७:३८ गते २०७६ भाद्र १०, मंगलवार ०७:३८ गते

नेपाल । वि।सं। २०७६ भदौ १०। मंगलबार। इ.स. २०१९ अगस्ट २७। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। द्वादशी, २२:५७ उप्रान्त त्रयोदशी।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
महत्वपूर्ण निर्णय लिने समय छ । अध्ययनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरूले हार खानेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
स्वास्थ्यगत समस्याले सताउन सक्छ । सुख दुःखमा साथ दिनेहरू भने प्रशस्तै भेटिनेछन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
सुखद समाचारले उत्साह जगाउनेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन् । व्यापार र उद्योगमा फाइदा हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । सोखले खर्च बढाउन सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । काम बिग्रने भयले सताउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । केही चुनौती देखा पर्ने भएकाले आफ्ना योजनाहरू गोप्य राख्नुहोला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
काममा अनायासै प्रतिस्पर्धी देखा पर्न सक्छन् । प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइलेखाइमा ध्यान केन्द्रित नहुन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *