काठमाडौं । उपत्यकावरिपरिका नाकामा दिनभर ढुंगा, गिटी र बालुवासँगै अन्य निर्माण सामाग्रीले भरिएका टिपर भित्रिन्छन् । ललितपुरको चापागाउँ, माछापोखरी, बौद्ध पेप्सिकोला र भक्तपुरको जगाती क्षेत्रमा ती टिपर लाइन लगाएर पार्किङ गरेको देखिन्छ । सरकारले एक वर्षअघि लागू गरेको ‘टाइम कार्ड’ अनुसार बेलुकी ८ बजेपछि मात्रै रिङरोडमा टिपर प्रवेश पाउँछन् । त्यतिन्जेलसम्म चालक टिपरभित्रै सुत्छन् । जब बेलुकी ८ बज्छ त्यसपछि टिपरले सडक तताउँछ । दिनभर बस्दा आलस्य मानेका चालक धुलो उडाउँदै बतासिन्छन् । ८ बजेपछि घर फर्किने यात्रु टिपर हुइँकिएको देख्दा किनारा लगाएर बाटो छाड्नुको विकल्प देखिदैन ।
नागरिक दैनिक
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0