काठमन्डु भाद्र १०,नेपाली कथानक चलचित्र बैनाबट्टा बाट निर्देशनमा डेब्यु गरेका निर्देशक राज चाम्लिङ्ग नेपाली चलचित्र उधोगमा फरक
पहिचान सहित स्थापित हुने जमर्को गरिरहेका छन्न उहांसँग यसै सन्दर्भमा प्रदेश अनलाई खबर सम्बाददाता संग गरिएको कुराकानी ।
*हाल के गर्दै हुनुन्छ ?
हाल चलचित्र बैनाबट्टा प्रदर्शनको लागि दौडधुप गरि रहेकोछु।
*चलचित्र प्रदशनको लागि तयार भैसक्यो?
प्रदर्शन तयारीको लगभग अन्तिम चरणमा छ। अव चाडै देश बिदेशमा एकै साथ प्रदर्शन गर्ने तयारि भैरहेको छ।
*’बैनाबट्टा’कस्तो चलचित्र हो?
यो बिशेस गरेर पुर्व लिम्बुवानमा बसोबास गर्ने लिम्बु समुदायको जिवन शैली र इतिहास जोडिएको चलचित्र हो। समग्रमा आदिबासी
जनजातिहरुको प्रतिनिधित्व गर्ने चलचित्रहो’बैनाबट्टा’।
*अन्य चलचित्रमा भन्दा के फरक छ ‘बैनाबट्टा’मा?
त्यस्तो फरक यहिछ नभनौ यसमा हाम्रो जिवन शैली,कला सस्कृति समेटिएको छ। यो एउटा आर्ग्यानिका चलचित्र हो’बैनाबट्टा’ले बिशेष गरेर
पहिचानको मुद्दालाई उठान गर्ने कोशिस गरेको छ।
*तपाइँले चलचित्र बैनाबट्टा बाट के? अपेक्षा लिनु भएको छ ?
यो एउटा पहिचान बादी चलचित्र भएको कारण दर्शक माझ हामि र हाम्रो समुदायले भुल्दै गएको हाम्रो सस्कार सस्कृतिलाई प्रस्तुत गर्न
खोजेको छु। मेरो पहिलो उदेश्यनै यहि भएकोले अरु अपेक्षा वा त्यस्तो स्वार्थ केहि छैन।
*अव बैनाबट्टा भन्दा फरक प्रसंगमा कुरा गरौ तपाईको भाबि योजना के के छन्न ?
अव चाडैनै अर्को ब्यबसायिक चलचित्र निर्माण निर्देशनको तयारीमा छु।
स्क्रिप्ट लेखन र गीत संगीतको काम भैरहेको छ।
*तपाइँको नायाँ चलचित्रको छायांङ्गकन कहिले बाट गर्दै हुनुन्छ?
बैनाबट्टाको प्रदर्शन पश्चता पत्रकार सम्मेलन मार्फत जानकारी गराउने छु।
*तपाइँको नयाँ चालाचित्रको बिसयमा केही भन्न मिल्छ? मिल्छ भने बताई दिनु होस्।
हह मिलि हाल्छनि किन नमिल्नु मेरो नयाँ चलचित्र बिल्कुलै प्रेम कथामा आधारित रहनेछ। यसको शिर्षक चाहि रजिस्टर भैसके पछि
घोसणा हुनेछ?
*अन्त्यमा जादा जादै के भन्न चाहानु हुन्छ?
जो जहा जस्तो सुकै अवस्थामा रहेता पनि नेपालि चलचित्र लाई माया गर्दिनुहोस हौसला दिनुहोस भन्न चाहान्छु।
* तपाइँको फिल्मी यात्रा शुखमय रहोस प्रदेश अनलाइ खबर परिवारको तर्फ़बाट सफलताको शुभकामना।
हवस तपाइँहरु लाइ पनि धेरै धेरै धन्यबाद।
Views: 0