अदालतबाट विभिन्न कसुर लागेको ५ फरार प्रतिवादी पक्राउ ।

२०७६ भाद्र ११, बुधबार १६:२४ गते २०७६ भाद्र ११, बुधबार १६:२४ गते २०७६ भाद्र ११, बुधबार १६:२४ गते

काभ्रेपलाञ्चोक- जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई काभ्रेपलाञ्चाक प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जबर्जस्तीकरणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१ वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दामा रोशी गाउँपालिका–१ का ५९ वर्षीय बेतमान तामाङ, चोरी मुद्दामा पाँचखाल नपा–८ होक्सेका ३१ बर्षीय कुमार तामाङ तथा कुटपिट मुद्दामा रोशी गाउँपालिका–८ का ४५ वर्षीया सुन्दरी तामाङ र ७० वर्षीया होसिला तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

जबर्जस्तीकरणी घटनाको महानगरीय प्रहरी वृत्त कालीमाटीमा मुद्दा दर्ता भएकाले अभियुक्त लामालाई उतै पठाइएको तथा यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, अन्य पक्राउ चार जना प्रतिवादीलाई भने काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बुझाइएको छ।

जिल्ला अदालतले अपहेलना मुद्दामा बेतमान तामाङलाई छ दिन कैद र पाँच सय रुपैयाँ जरिवाना, चोरी मुद्दामा कुमार तामाङलाई चार महीना आठ दिन कैद र ७८ हजार नौं सय रुपैयाँ जरिवाना तथा कुटपिट मुद्दाका दुई जना तामाङ महिलालाई एक हजार छ सय रुपैयाँ जरिवाना तोकेको थियो।रासस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *