डाक्टरको लापरवाहीको कारण भगवानसँग मृत्युको कामना गर्न बाध्य

२०७६ भाद्र ११, बुधबार १७:५४ गते २०७६ भाद्र ११, बुधबार १७:५४ गते २०७६ भाद्र ११, बुधबार १७:५४ गते

हामी अस्पतालमा रोग र मृत्यु लिन हैन नयाँ जीवन पाउने आशमा जान्छौँ। तर बुद्ध तामाङको जीवनमा यो भनाई लागु भएन। परिवारले बुद्धलाई नयाँ जीवन दिन अस्पताल लगेका थिए तर डाक्टरको लापरवाहीले उनी अहिले बाँच्न सक्नु न मर्न सक्नुको दोसाधमा छटपटीएर हल न चलमा अवस्थामा पुगेका छन।बुद्धको बारेमा सुनेर हामी उनलाई भेट्न उनको फुपुको कोठा खोज्दै गयौँ। हामी पुग्दा एउटा सानो कोठाको भुइँमा लगाईएको ओछ्यानमा छाला र हड्डीले मात्र मान्छे हो झैँ लाग्ने एउटा बालक आँखा बन्द गरेर पल्टिरहेका थिए । झट्ट हेर्दा (यदि सास फेरेको नदेख्ने हो भने) ठ्याक्कै पलाष्टिकको अस्थिपंजर झैँ लाग्ने १४ वर्षीय बुद्ध तामाङ्ग विगत ३ महिना देखि यसरी नै पल्टिरहेका छन।मान्छेको जीवन कति खेर के हुन्छ कसैलाई थाहा हुन्न। यो भनाइ वुद्धको जीवनमा मेल खान्छ । आमाको काखमा रमाउने उमेरमा बुद्धलाई आफ्नै जन्म दिने आमाले छोडेर अर्कै सँग गईन। सानैमा आमाको माया पाउन बाट वञ्चित बने पनि उनलाई बुवाले आमा र बुवा दुबैको माया दिएर हुर्काउदै थिए। उनी बुवाको सहारामा आफ्नो सुन्दर भविष्यको रेखा कोर्दै थिए। तर बुद्धको जीवनमा २०७६ साल जेठ महिनाको २ गते कालो दिन बनेर आयो। त्यहि दिन पश्चात उनि अहिले काठको मुढा झैँ पल्टेर भगवानसँग आफ्नै मृत्युको कामना गर्न बाध्य छन।

जेठ २ गते दिदि अर्थात उनका काकाकी छोरी बिरामी परेकोले उनले दिदीको किताब विद्यालयमा पुराउन गएर फर्किंदै गर्दा सानी नानीलाई बचाउन खोज्दा उनि साइकलबाट लड्न पुगे। साइकल बाट लडेर बेहोस भएका उनलाई एक जना दाइको सहयोगमा अस्पताल पुराईयो। उक्त अस्पतालले पेटमा रगत जमेको छ तुरुन्त विराटनगर अस्पताल लैजानु भने पछि विराटनगर स्थित नोवेल अस्पताल लगेर सबै जाँच गराउँदा डाक्टरले फियोमा चोट लागेको छ तुरुन्त अप्रेशन गर्नु पर्छ भनेपछि पैसा खोजेर अप्रेशन गराएको उनकी फूपुले बताईन। अप्रेशन गर्न पाए आफ्नो छोरो ठिक हुन्छ भन्ने ढुक्क भएर ऋण खोजेर पैसा जम्मा गरेका बुवा र परिवार त्यति बेला छाँगाबाट खसे झैँ भए जतिबेला अप्रेशनको क्रममा छोरोको भुडी फुटेको भिडियो डाक्टरले देखाए।आठ दिन आइसीयुमा राखेपछि बेडमा सारेको दुइ दिनमा उनको पहिलाको अप्रेशन गरेको टाँकाबाट दिसा निस्किन थाल्यो। तेसपछि परिवारले डाक्टरसँग सोधिखिजी गरेपछि मात्र बिरामीले पेट दुख्यो भनेपछि अप्रेशन गरेको भन्ने कुराको जानकारी पाएछ । अप्रेशन गर्दा डाक्टरले तिते आन्द्रा र माउ आन्द्रा फुटाईदिएको उनकी फूपुले हामीलाई बताईन।अहिले बुद्धलाई उनकी फुपू सबिना तामाङले उपचारको लागि काठमाडौँ लेराएकि छिन । अहिलेसम्म उपचार गराउदा ७ लाख जति सकिसकेको र अब पुरै ठिक हुन् अझै ७ लाख जति नै लाग्ने उनकी फूपुले बताएकी छिन। आफ्नो आर्थिक अवस्था एकदमै नाजुक भएकोले उनले आफ्नो भदै बचाईदिन सबैमा अनुरोध गरेकी छिन। उनलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले सबिना तामाङको यस सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। :- ९८४३६५६६०३ साभार pnpkhabar : बुद्धको कहाली लाग्दो पिडा बाँकी हेर्नुहोस भिडियोमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *