सुवास पुन भाद्र १३, गैंडहवा।रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं.९ रैरहवामा निर्मित सिँचाइ डिप ट्युबवेल एक कार्यक्रमका बीच प्रदेश नं ५ का प्रदेश सभा सदस्य तथा ५ नं प्रदेश सरकारका प्रमुख सचेतक माननीय भुमिश्वर ढकाल ज्युद्वारा उद्घाटन गरिएको छ।रैरहवा जल सिँचाइ उपभोक्ता समिती द्वारा आयोजित जल सिँचाइ डिप ट्युबवेल उद्घाटन कार्यक्रम तथा आश्रीत मार्ग ज्योतिनगर टोल घोषणा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माननीय भुमिश्वर ढकालले डिप ट्युबवेल उद्घाटन पश्चात् आफ्नो भनाइ राख्ने क्रममा यो योजनाले यस भेगमा धेरै हद सम्म सिँचाइको परिपुर्ति गर्ने बताउदै काली गण्डकी नदिलाई डाईभर्सन गरि तिनाउ नदिमा मिसाएर बुटवल देखि २५ कि.मी. पश्चिम सालझण्डी सम्म र बुटवल देखि १० कि.मी. पुर्ब खैरेनी सम्म नहर बनाई यश भेगमा रहेको सिँचाइको समस्यालाई सदाका लागि हल गर्न प्रदेश सरकारले डिपिआर करिब करिब निर्माण गरि सकेको र डीपीआर निर्माण संगै योजनाको पनि थालनी हुने बताए।
विकासको काममा कसैले पनि राजनीति गर्न नहुने र सबै मिलि विकास योजनाहरुलाई सफल पार्न दत्तचित्त भएर लाग्नु पर्ने बताउदै हाल आफुले गैडहवा गापा,कंचन गापा र सैनामैना नगरपालिकालाई जोड्ने आश्रीत मार्ग नामाकरण गरिएको रिङ रोड बनाउन पहल कदमी अगाडि बढाएको र केही स्थानमा बजेट बिनियोजन गरि काम पनि सुरु हुने अवस्थामा रहेको बताउनु भयो।अबको दुई बर्ष भित्र गैडहवा ८ र ९ का घरघरमा खानेपानीको सुबिधा पुर्याउने लक्ष्य सहित योजना अगाडि बढाउने जानकारी दिदै आउदै गरेको हरितालिका तीजको अवसरमा सम्पुर्ण गैंडहवाबासी दीदीबहिनीहरुलाई शुभकामना ब्यक्त गर्नु भएको थियो।
ने.क.पा. जिल्ला सचिवालय सदस्य तथा ने.क.पा.क्षेत्र नं ५ का ईन्चार्ज नर बहादुर थापा,ने.क.पा. गैडहवा गाउँ कमिटी अध्यक्ष दुर्गा प्रसाद आचार्य ,नेपाली काँग्रेसका युवा नेता अशोक शाही,गैडहवा गापा वडा नं ८ का वडा अध्यक्ष भुवन बहादुर राना र वडा नं ९ का अध्यक्ष टेक बहादुर बलाल, नेकपा गैडहवा ८ नं वडा कमिटी अध्यक्ष चन्द्र प्रकाश गौचन र ९ नं वडा कमिटी अध्यक्ष मोती कुमार सिंजाली को उपस्थिति र रिखीराम रानाको सभापतित्व र सुवास पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो
Views: 0