वडा अध्यक्षलाई डिएसपीको भाटे कारवाहीको चेतावनी

२०७६ भाद्र १४, शनिबार १६:१२ गते २०७६ भाद्र १४, शनिबार १६:१२ गते २०७६ भाद्र १४, शनिबार १६:१२ गते

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवम् डिएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुर्व्यवहार गरेका छन् । दुई साताअघि चरिकोटमा मृत भेटिएका रुपक चौलागाईंको हत्याको अनुसन्धानमा ढिलाइ भएको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई गद्दार भन्दै डिएसपी राईले भाटे कारवाहीको चेतावनी दिएको जनाइएको छ । बिहीबार साँझ चरिकोटमा पत्रकार सम्मेलन गरी चौलागाईंले डिएसपीले आफूलाई तथानाम गाली गर्दै घोक्र्याएको बताए । ‘जनताको समस्या लिएर उनको कार्यकक्षमा पुग्दा अनुसन्धान गर्न तेरो सरकारले स्रोत र साधन दिएको छ र । तँजस्ता गद्दारहरुले नै सबै काम बिगारेका हुन् भन्दै तथानाम गाली गर्दै दुर्व्यवहार गरे,’ उनले भने । यता डिएसपी राईले पनि आफूले दुर्व्यवहार नगरेको दाबी गरे ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *