तीजमा सार्वजनिक बिदा

२०७६ भाद्र १४, शनिबार २०:२९ गते २०७६ भाद्र १४, शनिबार २०:२९ गते २०७६ भाद्र १४, शनिबार २०:२९ गते

दमौली, १४ भदौ : तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारको अधिकार प्रयोग गरी सार्वजनिक बिदा दिने व्यास नगरपालिकाका दोस्रो भएको छ । यसअघि जिल्लाकै भानु नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते सार्वजनिक बिदा दिएको थियो।

कुन दिन बस्ने तीजको व्रत ?भदौ १५ वा १६ ? यसो भन्छ पंचांग: विवाहित महिलाहरु आफ्नो पतिको दिर्घायु र सम्वृद्धिको लागि हरितालिका तीजको व्रत राख्ने गर्दछन्। तीजको व्रतले विशेष महत्व बोकेको छ। यस व्रतको दिन महिलाहरु पुरै दिन पानी पनि नखाई निर्जल व्रत बस्ने गर्दछन् । यस पटकको तीजको व्रतको मिति र बारलाई लिएर ज्योतिषहरले अलग-अलग धारणा राखेका छन।केहि ज्योतिषी र पण्डितका अनुसार हरितालिका तीज भदौ १५ गतेको दिन परेको र केहिले भने भदौ १६ गतेका दिन परेको जनाए । यस्तो अवस्थामा हरितालिका तीज १५ गते मनाउने की १६ गते मनाउने भन्नेमा सबैको मनमा दुविधा पर्न सक्छ। आज हामी तीज कुन दिन मनाउने त भन्ने बारे तपाईहरुलाई जानकारी दिन गईरहेका छौँयस साता भाद्रपद महिनाको शुक्ल पक्षको तृतीय र चतुर्थी एउटै मितिमा परेको छ । भदौ १६ को दिन सूर्य उदय कालसम्म तीजको तिथि रहनेछ। पंचांग गणनाको अनुसार तृतीय तिथि भदौ १५ गते आइतबारको बिहान ८ बजेर २६ मिनेट देखि अपराह्न ४ बजेर ५६ मिनेट सम्म रहनेछ । त्यस्तै, भदौ १६ गते उदय तिथि चतुर्थी हुनेछ। त्यसपछि चतुर्थी तिथि शुरु हुनेछ।

तीज र चतुर्थीको विशेष महत्व छ। किनभने तीज पार्वतीको र चतुर्थी गणेशको तिथि हो। त्यसकारण भदौ १६ गतेका दिन गणेश चतुर्थीको साथै तीजको व्रत पनि परेको छ ।त्यस्तै अर्को मान्यता अनुसार तृतीय तिथि भदौ १६ गतेको बिहान ४ बजेर ५६ मिनेट सम्म हुनेछ। यस मान्यता अनुसार हरतालिका तिज आइतबार १५ को दिन पर्दछ।एक अन्य अनुसार १६ गते सोमबार उदाउँदो तिथि भएकोले तृतीय तिथि मानिन्छ। साथै द्वितीया तिथिसँगै तृतीय तिथि भएकोले व्रतको कुनै फल पूर्ण हुँदैन। कम तिथिया र चतुर्थी तिथिको संयोग सर्वश्रेष्ठ मानिएकोले हरतालिका तीज १६ गते मनाउँदा राम्रो हुने देखिन्छ।उक्त दिन माता पार्वती र भगवान शिवको विधि-विधानका साथ पूजा आराधना गरिन्छ । हरतालिका तीजको पूजा प्रदोषकालमा गरिन्छ । सूर्यास्त पछि तीन मुहूर्तलाई प्रदोषकाल भनिन्छ । यो दिन र रातको मिलनको समय हुन्छ। हरतालिका पूजाका लागि भगवान शिव, माता पार्वती र भगवान गणेशको मुर्ति बालुवा र कालीमाटीबाट हातैले बनाइन्छ। पूजा गर्ने स्थलमा फूलहरूले सजाई केराको पात राखेर भगवान शिव, माता पार्वती र भगवान गणेशको प्रतिमा स्थापना गर्नुहोस।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *