हरितालिका तीज शुरु, आज दर खाने दिन

२०७६ भाद्र १५, आईतवार २१:२४ गते २०७६ भाद्र १५, आईतवार २१:२४ गते २०७६ भाद्र १५, आईतवार २१:२४ गते

हिन्दु नेपाली महिलाले मनाउने ठुलो चाड तीज अन्तर्गत आज दरखाने दिन हो। आजबाट तीज पर्व शुरु भएको छ।आजको दिन देशभरका महिलाहरुले विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलीपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाईविशेष माइतीमा दर खुवाउने गरिन्छ। टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, चाम्रे लट्टे, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने प्रचलन छ । पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली राजधानी तथा अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन शुरु भएको छ।दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ। परापूर्वकालमा देवी पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोली ब्रत बस्ने चलन रहेको छ।pnpkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *