समिर नेपाल १७ भदौ काठमाडौं । दशैको अवसर पारेर असोज १० गतेबाट रिलिजको तयारीमा रहेकोे चलचित्र‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ। ए.ए ग्रुप अफ कम्पनीजको बैनरमा निर्माण भएको यो चलचित्रमा अशोक शर्माको निर्माण तथा निर्देशन रहेको छ। सिनेमामा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहेका छन्। चलचित्र‘रातो टिका निधारमा’अंकित शर्मा सगै साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको छ भने निता ढुंगाना रविन्द्र झा,बुद्दि तामाङ ,खुश्बु खड्का,बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा,अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको पनि अभिनय रहेको छ।
यसै चलचित्र मार्फत नेपाली रजतपटमा निर्देशक शर्माको छोरा अंकितले डेब्यु गरेका छन्। चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी,पुरुषोत्तम प्रधानको छायाँकन र मित्र देव गुरुङको सम्पादन रहेको छ। चलचित्र‘अल्लारे’को हिट गीत‘रातो टिका निधारमा’को रिमेक भर्सन दर्शक माझ हिट भईसकेको छ।
Views: 0