हाहाकार भएपछि सरकारले तोक्यो कोटा, कुन सवारीले कति तेल पाउने (सूचीसहित)

२०७५ आश्विन ५, शुक्रबार १४:४६ गते २०७५ आश्विन ५, शुक्रबार १४:४६ गते २०७५ आश्विन ५, शुक्रबार १४:४६ गते

हाहाकार भएपछि सरकारले तोक्यो कोटा, कुन सवारीले कति तेल पाउने (सूचीसहित)काठमाडौँ, ५ असोज । नेपाल आयल निगमले पेट्रोल र डिजेलको बिक्रीमा कोटा तोकेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार शुक्रबारका लागि यस्तो कोटा कायम गरिएको हो।

अब प्रति मोटरसाइकलले ५ लिटर र चार पांग्रेले १५ लिटर पेट्रोल पाउने छन्। त्यस्तै, डिजेलको हकमा उपत्यका र उपत्यकाबाहिर जाने सवारीका लागि छुट्टाछुट्टै परिमाण कायम गरिएको छ। जसअनुसार काठमाडौं उपत्यकाका सवारीले प्रतिसवारी ५० लिटर र उपत्यकाबाहिर जाने सवारीले ७५ लिटर डिजेल पाउने छन्।

पेट्रोलियमको आपूर्ति अभाव हुँदा पेट्रोल पम्पमा लाइन बढेपछि निगमले यस्तो कोटा लगाएको हो। निगमका प्रवक्ता गोइतले शुक्रबार २ बजेसम्म चार सय ५० किलोलिटर पेट्रोल र चार सय ४० किलोलिटर डिजेल वितरण गरिसकेको दाबी गरे। एक किलोलिटरमा हजार लिटर हुन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *