अष्ट्रेलियाका पत्रकारलाई एक बोत्तल बि*यरको बिल ८० लाख थमाइ दिएपछि

२०७६ भाद्र २४, मंगलवार १५:०७ गते २०७६ भाद्र २४, मंगलवार १५:०७ गते २०७६ भाद्र २४, मंगलवार १५:०७ गते

एजेन्सी । सुन्दा पनि अचम्म लाग्छ अचम्म नलागोस पनि कसरि एक बोतल बि*यर को ८० लाख रुपैया साएद यो संसार कै सबै भन्दा महँगो बि*यर बनेहोला ! एउटा बि*यर को बोत्तल को ५५ हजार पाउँड अर्थात ८० लाख रुपैया बेलाएत को म्यानचेस्टर मा एउटा अनौठो घटना भएको छ ! त्यहाको एक होटलले अस्ट्रेलियाका एक खेल पत्रकार लाइ एक बोतल बि*यर खाएबापत ८० लाख बराबर को बिल थमाएको छ !

अस्ट्रेलियाका खेल पत्रकार पिटर लालोरले एउटा बियर पिएबापत ५५ हजार पाउण्ड रकम तिर्नु परेपछि आफुले विश्व इतिहासमै सबैभन्दा महँगो बियर आफूले पिएँ भन्ने उनलाई लागेको छ ।एसेस टेष्ट क्रिकेट श्रृंखलाको समाचार संकलनका लागि बेलायत पुगेका थिए पिटर लालोर । म्यानचेष्टरस्थित मालमेसन होटलमा उनी बसेका थिए । उक्त होटलमा उनले आफ्ना साथीहरुसँगै एउटा बियर अर्डर गरे । उक्त बियरको अंकित मूल्य साडे ५ पाउण्ड थियो ।तर अन्तिममा बिल तिर्दाचाहिँ उनले ५५ हजार पाउण्ड रकम गरे । उनले कार्डमार्फत मेसिनमा रकम भुक्तानी गरे ।

मेसिन बिग्रेकाले तत्कालै बिल ननिस्किएपछि उनले अहिले बिल चाहिएन भनेर वेटरलाई पठाए । तर जाँदाजाँदै उनले ‘मैले कति रकम तिरे ?’ भनेर सोधेछन् । जब वेटरले मेसिनबाट बिल निकालेर हेरिन् तब उनी अत्तालिँदै हातले मुख थुनिन् । रकम बारे केही बोलिनन् । गल्ती भएको छ, छिटै सच्याउछौँ मात्र भनिन् । उनको खाताबाट थुप्रो रकम कट्टी भएको थाहा भए पनि ठ्याक्कै कति रकम काटियो भन्नेचाहिँ मेसिन बिग्रिएका कारण पत्तो लगाउन सकिएको थिएन । तर लालोरका परिवारले घरबाटै बैंक खाता चेक गर्दा मात्रै उनको खाताबाट ५५ हजार ३ सय पाउण्ड कट्टी भएको थाहा भयो । त्यसमा थप १३ सय ८० पाउण्ड भुक्तानी शुल्क ।यस्तो गम्भीर त्रुटी भएसँगै पिटर तत्कालै बिल लिएर होटल व्यवस्थापक कहाँ पुगे ।

उनलाई बढी भुक्तान भएको रकम छिटै नै बैंक खातामा फिर्ता दिने आश्वासन दिइयो । होटलले आफूसँग माफी मागेको र सहयोगी व्यवहार देखाएको उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।स्मरण रहोस् यसअघि बलिउड अभिनेता राहुल बोसलाई एउटा होटलमा दुईवटा केराको ४१३ भारु मूल्य असूलेको समाचारले निकै चर्चा कमाएको थियो । पछि उक्त होटललाई कारवाही समेत भएको थियो । एजेन्सीको सहयोगमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed