एजेन्सी। बलिउड उद्यो’गका क’लाकारहरुको प्रेम रि’ल लाइ’फमा सफल भ’एता पनि रि’यल ला’इफमा स’फल हुन नसकेका क’लाक’र्मीहरु पनि छन । जसको इन्गे’जमेन्ट भएर पनि बि’वाह हुन सकेन । आ’खिर ति कला’कर्मीहरु को-को हुन त ? यी हुन् इन्गे’ज’मेन्ट भएर पनि जीव’नसाथी ब’न्न न’सकेका बलिउडका कलाकारहरु! हेर्नुहोस !
अभिषेक बच्चन-करिश्मा कपूर:यस लिस्टमा सबैभन्दा पहिले आउने नाम हो अभिषेक बच्चन र करिश्मा कपूर । यी दुइ कुनै समयमा प्रेमी जोडी थिए तर पनि विभिन्न कारणबश यी दुईको इन्गेजमेन्ट भएर पनि विवाह हुन सकेन । हाल भने अभिषेक ऐश्वर्या रायसंग सुखद दाम्पत्यजीवन बिताईरहेका छन।विवेक ओबेराय – गुरप्रीत गिल:विवेक ओबेरायको नाम पनि कुनै समय ऐश्वर्या रायसंग जोडिएको थियो । चलचित्रमा प्रवेश गर्नु पुर्व भने उनको मोडल गुरप्रीत गिलसंग प्रेम सम्बन्ध रहेको थियो। तथापी बलिउडमा प्रवेश गरेपश्चात यी दुईको सम्बन्धमा फाटो आएको थियो।
सलमान खान-संगीता बिजलानी:सलमान खान र संगीता बिजलानी कुनै समयमा एक अर्काको मायामा पागल जस्तै भएका थिए र यी दुईले बिवाह गर्ने योजना पनी नबनाएका होइनन । सलमानको बायोग्राफी ‘बीइंग सलमान’ को अनुसार यी दुई सन् १९९४ मे २७ मा बिवाह बन्धनमा बाँधिने लगभग पक्का भईसकेको थियो र बिवाहको कार्ड पनि छपाईसकेका थिए। तथापी संगीता कै कारणले गर्दा बिचमै यी दुईको विवाह हुन सकेन ।अक्षय कुमार-रवीना टंडन:पछिल्लो समयका चर्चित बलिउड अभिनेता अक्षय कुमार र रवीना टंडनको प्रेम सम्बन्धलाई किएर कुनै समय चलचित्र बजारमा निकै नै चर्चा भएको थियो । रिपोर्टका अनुसार यी दुईले गुपचुपमा मन्दिरमा बिवाह गर्ने तयारी पनि गरिसकेका थिए। तर अक्षयले शिल्पा शेट्टीलाई धोका दिएको कुरा रबिनाले थाहा पाएपछि यी दुइको सम्बन्धमा फाटो आएको हो।
अक्षय कुमार-शिल्पा शेट्टी:भनिन्छ शिल्पा शेट्टीका लागि नै अक्षयले रविना टन्डनलाई धोका दिएका थिए । शिल्पाले अक्षयलाई एकदम माया गर्थिन र यी दूइको बिवाह हुने पनि पक्का भईसकेको थियो तर एक अन्तर्वार्तामा शिल्पाले अक्षयले आफुलाई धोका दिएको खुलासा गरेकी थिइन् ।साजिद खान-गौहर खान:निर्देशक साजिद खान र गौहर खानले सन्२००३ मा विवाह बन्धनमा बाधिएका थिए। उक्त समयमा गौहर मोडल र साजिद टिभी होस्ट थिए। यद्धपि विभिन्न कारणबश यी दुईले बिचमै बिवाह तोडेका थिए।करिश्मा तन्ना-उपेन पटेल:‘नागिन ३ ‘ की अभिनेत्री करिश्मा तन्ना र अभिनेता उपेन पटेल कुनै समयमा प्रेम सम्बन्धमा थिए। यी दुई चर्चित टिभी रियालिटी शो बिग बोस मार्फत नजिकिएका थिए । यी दुइले सेटमै बिवाह पनि गरेका थिए तथापी विविध कारणबश यी दुईले विवाहको केहि दिन पश्चात नै सम्बन्ध बिच्छेद गरेका थिए
Views: 0