जंगलमा भेटियो दुई टाउको ४ आँखा भएको सर्प, देख्नेबित्तिकै सबैको होस् उड्यो

२०७६ भाद्र २५, बुधबार १८:४१ गते २०७६ भाद्र २५, बुधबार १८:४१ गते २०७६ भाद्र २५, बुधबार १८:४१ गते

अहिले उक्त सर्पको नाम राखिएको छ, डेव नाम गरेका व्यक्तिले सर्पलाई समातेका थिए भने त्यसकारण सर्पको नाम ‘डबल डेव’ राखिएको छ । यो सर्प हेर्दा अचम्मको रहेको छ । यस सर्पको दुई टाउको छ भने ४ आँखा रहेको छ तर शरीर भने एक रहेको छ । सुरुमा सर्पलाई देख्दा पर्यावरण सल्लाहकार डेव शेन्डलर अचम्मित भएका थिए । उनलाई डर पनि लागेको थियो । यसका साथै उनले सर्पका लागि जंगलमा बाँच्न कठिन रहेको पनि बताएका छन् । उनका अनुसार दुई टाउको भएको कारणले उक्त सर्प एकदमै ढिलो हिँड्ने गर्छ ।

यो पनि हेर्नुहोस : मानिसलाई किन निद्राको आवश्यकता पर्छ? निद्रा दुई किसिमका हुन्छन्, एनआरइएम र आरइएम। यी दुवै खाले निद्रा सुतेको बेला पालैपालो पर्छ। एनआरइएम निद्रा निकै गहिरो हुन्छ। यसको पनि विभिन्न तह छ। सुतेपछि पहिलो, दोस्रो तह हुँदै गहिरो निद्रा पर्छ। यसपछि आरइएम निद्रा पर्छ। केही समयपछि फेरि पहिलो निद्रा पर्छ र यही क्रम चलिरहन्छ। जति बिहान हुँदै गयो आरइएम निद्रा बढी र अर्को गहिरो निद्रा कम हुँदै जान्छ। दुवै किसिमका निद्राको आ–आफ्नै महत्व छ। आरइएम निद्रामा सपना देखिन्छ। देखेको सपना याद हुनसक्छ या नहुन पनि सक्छ।पढेको बुझ्न र सम्झनको लागि निद्रा आवश्यक छ। यसबारे केही प्राविधिक कुरा गरौ। सम्झिने तरिकाको कुरा गर्दा इमिडिएट मेमोरी (अरुले भनेको अहिले सम्झिने), सर्ट टर्म मेमोरी (पढेको, घोकेको कुरा २४ घन्टासम्म सम्झिने) र ( लामो समयसम्म सम्झिने) लङ टर्म मेमोरी हुन्छन्।

सर्ट टर्म मेमोरीको फाइल मस्तिष्कको हिप्पोक्याम्पस भन्ने भागमा रजिस्टर्ड हुन्छ र यो मेमोरी फाइल मस्तिष्कको कर्टेक्स्कमा ट्रान्सफर गरेपछि मात्र सधैंका लागि सम्झनामा रहन्छ।एनआरइएम स्लिपको गहिरो निद्रामा मस्तिष्कमा डेल्टा वेभ र स्लिप स्पिन्डल उत्पन्न हुन्छन् र यिनले हिप्पोक्याम्पसमा रजिस्टर्ड भएको मेमोरी सेरेब्रल कर्टेक्समा ट्रन्सफर गर्छन्, अनि मात्र लामो समयसम्म पढेको कुरा सम्झिन सकिन्छ। पढ्ने बालबालिका, विद्यार्थी, अन्य लेखपढ गर्ने व्यक्तिहरु, अफिसको काम गर्नेहरु, प्राविधिक जोकोहीलाई पनि राम्रो सम्झिनको लागि निद्रा आवश्यक पर्दोरहेछ। उत्पादनशीलताको लागि र रचनात्मक कामको लागि पनि निद्रा आवश्यक मानिन्छ। निद्रा पाचन क्रिया राम्रोसँग चल्न र शरीरबाट बाहिर फ्याँक्नुपर्ने पदार्थहरु फ्याँक्न, शरीरमा हर्मोनहरु उत्पादन गर्न र रोगसँग लड्नसक्ने क्षमता (इम्युनिटी) ठिक राख्न आवश्यक पर्छ। मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट निस्कने ग्रोथ हर्मोन निदाएको बेलामा निस्किन्छ। यसको काम मांसपेसी बढ्न, हड्डी बढ्न र बोसोको पाचन क्रियामा काम लाग्छ। त्यस्तै पुरुषमा हुने टेस्टोस्टेरोन सेक्स हार्मोन राम्रोसँग नसुत्नेहरुमा निकै कम उत्पादन हुन्छ र यसले रिप्रोडक्टिव हेल्थमा असर पार्छ। त्यसैले राम्रो शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक मात्रामा सुत्नुपर्छ।

कम सुत्नाले के हुन्छ? दैनिक ५ घन्टाभन्दा कम सुत्नेहरुमा मधुमेह, उच्च रक्तचाप, हृदयघातको खतरा, चिन्ता रोग, डिप्रेसन र मोटोपना जस्ता समस्या हुन्छन् भन्ने सोधकर्ताहरुको भनाइ छ। त्यस्तै अनिँदोको कारण सडक दुर्घटनाको खतरा बढ्छ। राति लगातार निद्रा नलागे आत्महत्याको विचार आउने, आत्महत्याको प्रयास गर्ने वा आत्महत्या नै गर्ने सम्भावना बढ्छ।दैनिक रातमा ४ घन्टाभन्दा कम सुत्नेहरुमा विभिन्न किसिमका क्यान्सरको खतरा बढ्छ। जस्तैः ठूलो आन्द्रा, प्रोस्टेट र ब्रेस्ट क्यान्सर आदि। दिउँसोको बदला राति काम गर्नेहरुलाई वा नाइट सिफ्टमा काम गरिरहनुपर्नेहरुलाई पनि स्वास्थ्यको हिसाबले हानिकारक छ। निद्रा मस्तसँग लाग्ने भए पनि आफ्नो व्यस्तताले गर्दा नसुत्दा हुने समस्या र बेफाइदाका कुरा त भए, अब निद्रा नै नलागे के गर्ने त ? निद्रा नलाग्ने कारणहरुमा शारीरिक र मानसिक रोग हुन सक्छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *