सडक दुर्घटनामा संगै मुत्यु भएका प्रहरी निरीक्षक दम्पतीको सम्झनामा राधाकृष्ण मन्दिर

२०७६ भाद्र २७, शुक्रबार १२:२८ गते २०७६ भाद्र २७, शुक्रबार १२:२८ गते २०७६ भाद्र २७, शुक्रबार १२:२८ गते

रुकुम। नवीन श्रेष्ठ र अनिता प्रधान श्रीमान् श्रीमती थिए । उनीहरु दुवै प्रहरी निरीक्षक हुन् । सडक दुर्घटनामा परी दुवैको मृत्यु भएको एक वर्षभन्दा बढी पुगेको छ । रुकुम (पश्चिम) मुसिकोट नगरपालिका– ७ साखमा भएको जीप दुर्घटनामा परी २०७४ मङ्सिर ८ गते दुवैको निधन भएको थियो ।विसं २०७० चैत ९ गते प्रहरी निरीक्षकमा नियुक्ति भई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत नवीन २०७४ मङ्सिर २ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख भई सुर्खेतमा आएका थिए ।विसं २०६९ साउन ४ गते सहायक प्रहरी निरीक्षक पदमा नियुक्ति भएकी अनिता इलाका प्रहरी कार्यालय रानी मोरङमा काम गरेकी थिइन् ।

विसं २०७२ असोज १ मा प्रहरी निरीक्षकमा नियुक्त भई सङ्घीय प्रहरी एकाइ कार्यालय चन्द्रगढी झापामा कार्यरत अनिता केही समयका लागि काजमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा थिइन् ।प्रहरी तालीम केन्द्र काठमाडौँमा २०७४ साउनमा भएको प्रहरी निरीक्षकको तालीममा दुवै जनाको भेट भएको थियो । यो भेटघाट सहकर्मी, मिल्ने साथी हुँदै जीवनसाथीमा परिणत हुन पुग्यो ।उनीहरुको २०७४ मङ्सिर ५ गते सुनसरीको इटहरीमा विवाह सम्पन्न भयो । त्यसको भालिपल्ट बिहान इटहरीबाट हिँडेको त्यो जोडी ७ गते साँझ रुकुम (पूर्व) घरमा पुग्यो ।नवीन र अनिताको त्यो जोडी घरमा पुग्दा घरपरिवार र छरछिमेकको खुशीको सीमा थिएन । सबै जनाले गीत गाइरहेका थिए । नाचिरहेका थिए । कोही स्वागत सत्कारमा लागिरहेका थिए ।त्यहाँ उपस्थित भएका सबै जनाले नवीन र अनिताको जोडीलाई राधा कृष्णको जस्तो मिलेको जोडी भनेर पनि तारिफ गरेको सुनिन्थ्यो । त्यस रात सबैको नाचगान रमाइलोमै बित्यो ।

उताबाट प्रदेश र सङ्घको चुनावले समय मिच्दैमिच्दै ल्याएको थियो । उनीहरु जतिसक्दो छिटो आफ्नो कार्यक्षेत्रमा फर्कनुपर्ने थियो । २०७४ मङ्सिर ८ गते बिहानैबाट सबैसँग भेटघाटमा व्यस्त भएका नवीन र अनिताले त्यसै दिन अपराह्न ४ बजे आआफ्नो कार्यक्षेत्रका लागि यात्रा तय गरे ।साँझकोे ७ बजेको थियो । घरबाट खुशीका साथ बिदाइ भएर कर्मथलोतिर लागेको त्यो जोडी जीप दुर्घटनामा परी अब संसारमै नरहेको भन्ने खबर आयो ।रुकुम (पश्चिम) मुसिकोट नगरपालिका– ७ साखमा जीप दुर्घटनामा परी उनीहरुको मृत्यु भयो । उक्त दुर्घटनामा उनीहरुलगायत सात जनाको ज्यान गएको थियो । जसमा पाँच जना श्रेष्ठ परिवारका नै थिए ।एक्कासी सबै खुशी शोकमा परिणत भए । सबैले रुकुम (पूर्व) मा अन्धकारको बादल मडारिरहेको आवास गरे । यस घटनाले रुकुम (पूर्व) मात्र होइन, पूरै देश नै शोकमा डुब्यो ।

बिहे गरेको चार दिनमै एकसाथ एकै ठाउँमा दम्पती मात्र नभई दुई÷दुई जना राष्ट्रसेवक कर्मचारी गुमाएको थियो, देशले । भर्खरै विवाह गरेका नव जोडीका र घरपरिवारका सारा सपना र खुशी एकै पलमा खोसिए ।सुन्दाखेरी सपना जस्तै अपत्यारिलो लाग्ने त्यो घटना सबैले स्वीकार्नुपर्ने भयो । किनकी त्यही नै सत्य थियो । यस घटनाले महिनौंसम्म सबैको मनमुटु हल्लाइरह्यो । त्यस्तो अवस्थामा यस घटनाले परिवारमा के बितिरहेको छ भनेर त हामी सजिलै कल्पना गर्न सक्छौँ ।अहिले उनीहरुको मृत्यु भएको एक वर्ष बितेको छ । उनीहरुकै सम्झनामा परिवारले सिस्ने गाउँपालिका– ६ रुकुमकोट आलामा राधा कृष्णको मन्दिर निर्माण गरेको छ । परिवारद्वारा निर्मित उक्त मन्दिरमा आज र भोलि धार्मिक अनुष्ठानका कार्यक्रम हुने बताइएको छ ।नवीन श्रेष्ठका बुबा टेकबहादुर श्रेष्ठका अनुसार राधाकृष्ण मन्दिरमा मूल घरबाट मन्दिरसम्मको बाजागाजा भजन कीर्तन, स्वस्तीशान्तिसहित राधाकृष्णको रथयात्रा गरिनेछ । धार्मिक प्रवचनसहित भजनकृतन र लाखबत्ति प्रज्वलनलगायत भक्तजनबाट राधाकृष्णको दर्शन र पूजाको काम हुनेछ । उनले भने, ‘मन्दिर मात्र होइन, छोरा बुहारीको सम्झनामा उनीहरुको सालिक पनि बनाएका छौँ, रु नौ लाख ५० हजारको लागतमा मन्दिर र सालिक निर्माण गरेका हौं ।’यस मन्दिरमा दैनिक पूजापाठका लागि मासिक तलबको व्यवस्था गरी एक जना पुरोहित पनि राख्ने उनले बताए । ‘भक्तजनका लागि यो मन्दिर सधैँ खुला रहने छ’, उनले भने ।सेतोखबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *