‘पासवर्डकि अभिनेत्री राणाको अभिनय लाई दर्शकले अत्यधिक मन पराएको पाइएको छ

२०७६ भाद्र २९, आईतवार १७:३१ गते २०७६ भाद्र २९, आईतवार १७:३१ गते २०७६ भाद्र २९, आईतवार १७:३१ गते

समिर नेपाल  भदौ २९,काठमाडौं भदौ २७ गते शुक्रवार बाट रिलिज भएको चलचित्र ‘पासवर्ड’ नेपाली सिने जगतको अहिलेसम्म कै महँगो चलचित्र हो । चलचित्रले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ । अभिनेत्री परि राणा र नायक अनुप बिक्रमको अभिनय लाई दर्शकले अत्यधिक रुचाएका छ्न ।अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकाको अभिनय रहेको छ । उक्त चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीले एक विशेष आइटम गीतमा नृत्य संगै अभिनय पनि गरेकी छिन् ।

एक्सन थृलर एवम् लव स्टोरी कथा रहेको उक्त चलचित्र नेपाली सिने जगत कै महङ्गो बजेटको चलचित्र बन्न सफल भएको छ ।सम्राट बस्नेतको निर्देशन एवम् एबी इन्टरनेशनलको ब्यानरमा यो चलचित्रको निर्माण भएको हो । हिरल जोशी र अमित बस्नेत सहकार्यमा निर्माण भएको उक्त चलचित्रको कार्यकारी निर्माता अकिंत गौतम र सह–निर्माता अजित के थापा हुन् ।सौरभ लामाको छायांकन र बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको छ । विष्णुदेभाको कोरियोग्राफी रहेको यो गित लन्डनमा खिचिएको थियो । गितमा पाँच करोड भन्दा बढीको लगानी रहेको छ ।

यो चलचित्र नेपाल संगै नेपाल बाहिर पनि एक साता पछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा फिल्म एकसाथ प्रदर्शन हुने फिल्मका कार्यकारी निर्माता अंकित गौतमले जानकारी दिए । सेप्टेम्बर २७ अर्थात् असोज १० फिल्मको विदेश प्रदर्शन सुरु हुनेछ ।यो फिल्मको अधिकांश छायांकन यूकेमा भएको हो । नेपालबाट चोरिएर लण्डन पुर्रुयाइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा फिल्म आधारित छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *