भिडभाड,निशाना र कार्यक्रमका स्वरुप – रबिन गौतम

२०७६ भाद्र २९, आईतवार २०:३३ गते २०७६ भाद्र २९, आईतवार २०:३३ गते २०७६ भाद्र २९, आईतवार २०:३३ गते

रबिन गौतम काठमाडौं २८ भाद्र २०७६ मा नेपाल सरकार का संस्कृति नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराई टिकापुर कैलाली को डल्फिन महोत्सव को उद्घाटन सकेर बुद्ध एयर को नियमित उडान बाट काठमाडौ फर्कने क्रम मा थिए, एयरपोर्ट प्रवेस देखि जहाज को सिट मा बस्दा सम्म को परिघटना र दृश्यले नेपाल को बर्तमान राजनीति को एक दुर्लभ तस्बिर लाई प्रस्तुत गरेको आभास भएको छ, निर्धारित समय मा उडान गर्न नसक्नु र तेसबाट पर्न गएको समस्या र दुख आम नेपाली को दैनिकी नै बनेको छ, यथार्थलाई तोडमोड गर्नु मनासिब ठहर्दैन! समय को महत्त्व बुझ्नेहरु नै संसारमा अब्बल छन,हामी कहाँ छौ यथार्थ छर्लङ्ग छ !! मन्त्री ज्यु ले ढिलो गर्ने,टाइम बिनाकारण लब्याउने र आम यात्रुलाई दुखदिने प्रेरित थियो होला भन्ने लाग्दैन किनकी मन्त्रालय संम्मालेको दिनदेखी अहिलेसम्म को नियमित गतिविधि र सक्रियता हेर्दा ।सकेसम्म भोलिपल्ट संसदमा प्रश्नोतर कार्यक्रम को तयारी गरेर प्रस्तुत हुनपनी अघिल्लो दिन नै काठमाडौ आइपर्नु पर्ने जरुरी लाई कम आंकलन गर्न मिल्दैन, भलै १५ मिनेटढिलो मन्त्री ज्यु कै पोस्ट बाट र सामाजिक संजालप्रयोगकर्ता को प्रयुक्त भिडियो को आवाज मा एकघन्टा देखि पर्खिनु परेको आक्रोशित आवाज ले नै प्रष्ट पार्छ कि ढिलो अवस्य भएकै हो, ज जस्को कमजोरी ले भएपनी र एस का लागि माननीय मन्त्री ज्यु ले विमान कम्पनी परिवार र त्यो फ्लाइट भएर काठमाडौ आउने सबै संग क्षमा याचना गरिसक्नु भएको छ!!
कैयौं मुलुकमा एसखाले कारण ले राजनीतिज्ञ हरुलाइ लज्जित गराएको र अफ्ठेरो स्तिथी को सामना गर्नुपरिरहेको समाचार हरु आइ रहदा , मन्त्री ज्यु प्रती बिमानस्थल र विमान मा समेत गरिएको व्यबहार प्रतीभने ठन्डा दिमाग ले सोच्न बाध्य बनाएको छ । गणतन्त्र र संघीयता का सफल कार्यनयन का लागि लिइएको समय र क्षणभर मा संसार पढेर धारणा बनाउने आम मानिस लाई यो ढिलाइ ले कति ऎठन बनाएको रहेस सहजै अनुमान लगाउन सकिन्छ । प्रत्येक को मन मस्तिष्क मा आज गणतन्त्र र संघीयता अनि धर्म निरपेक्षता ले के दियो भन्ने नकारात्मक धारणा बनाउन कता बाट सहयोग भै रहेको छ ,त्यो फ्याक्टर लाई उधिन्नु र निराकरण का उपाया अबिलम्ब धारण गर्नु नै बर्तमान नेतृत्व को परिक्षा को परिणाम लाई निश्चित गर्ने छ ।
मन्त्री ज्यु प्रयुक्त स्टेटमेन्ट मा सातलाख हस्ताक्षर संकलन गरेर दरबार मा बुझाउदा को दुख नबिर्सिएको बयान दिने हरु र आजकल सडक मा देखिने चिरपरिचित भ्रष्टाचार बिरोधि अभियान का बाइपंखी रेस का धावक हरु नै यो कर्मकाण्ड मा मुख्य पुरोहित हुन भन्ने अन्दाज लाउनु कठिन छैन,भ्रष्टाचार बिरोध को आड मा ब्यवस्था प्रती आम मानिस भेला पारेर भिडबाद को सृजना गर्दै, गुमेको साख फर्काउने हरु को सपना मा समाहित हुनु नै गायत्री मन्त्र बनाइ जप्ने हरु ले अरुभन्दा विशेष र सकारात्मक परिणाम हरु देखाउदै गरेका युवा राजनीतिज्ञ लाई सबक सिकाएको ,हमला गरेको र अवाक परिस्थिति को शृजना गरि खेल जितेको जस्तो गरि प्रस्तुत भै रहदा आउने दिन हरु मा तिमीहरु को उदाउँदो र बिश्वास गरेको नेतालाइ त नांङेझार पार्यौ भन्ने सगर्ब न भन्लान् भन्न सकिन्दैन । अतएव, यो परिस्थिति जन्य र नियोजित लाग्ने दृश्य हरु न दोहोर्‍याउन र दोहोरिन न दिन के गर्नुपर्ने हो सोहिअनुसार हुने अपेक्षा गर्न सकिन्छ ।
पहिलो कुरा पहिले सब ठिक थियो,अहिले जे भइरहेको छ त्यो सब गलत छ भन्ने बुझाउन खोजिएको कुरालाइ नै चिर्नु नै परिवर्तन का बाहक हरु एकमुष्ट कर्तव्य हुन आउँछ, न कि आन्तरिक द्वन्द्व सत्ता र सुबिधा को लिगलिगे दौड बाट मुक्त राख्नु, भएगरेका राम्रो काम हरु प्रचार र संबिधान र कानुन ले ब्यवस्था परिवर्तन गर्न उद्द्त प्रती कानुनी उपचार ,जे गर्नुपर्ने हो अबिलम्ब गर्नुपर्ने देखिन आउँछ।
ता कि एउटा आसालाग्दो नेतृत्व लाई निरुत्साहित पार्न ,निसाना लगाउन भिडवालाहरु ले अवसर न पाउन ,स्मरण रहोस् सृजनात्मक परिणाम हरु ले जवाफ दिन सकिएन भने बेरोजगार ,सामाजिक संजाल मापहुँच बनाएका हरुले भिडतन्त्र को सहयोग मा प्रतिक्रान्ति लाई सहयोग पुर्यादैनन भन्न सकिन्न ।
किन हुन्छ त जहिल्यै जहाँ नि ढिला
हाम्रो कार्यक्रम गर्ने ढाचा र पद्धति नि एस्तो छ कि सबै कर्मकाण्डिय लाग्छ, सके प्रधानमन्त्री नसके नि मन्त्री नभै गरेको कार्यक्रम र तेस ले दिने फल नै प्राप्त हुदैन भन्ने आम बुझाइ छ त्यो नि हाम्रो मानसिक दरिद्रता हो। मंचतिर एति नजर लाग्छ कि प्रधानमन्त्री प्रमुख अतिथी आएको कार्यक्रम मा कार्यक्रम हुने गाउँ वा नगर का वडा अध्यक्ष सम्म ले आसनग्रहण गराएन, बोल्न दिएन भने कम्तीमा कार्यक्रम संचालक को नभए आयोजकको हुर्मत लिने काम गर्दछ। तेस माथी का पदवाला,संघ संस्था ,पार्टी कमिटी ,जिल्ला प्रदेश गर्दागर्दै कार्यक्रम को दुई तिहाइ एस्तै मा बित्दा ढिला न भएर के हुने?
१. बक्ता ले माइक पाउनुहुदैन,संसार श्री देखि इति सम्मन भनी उनका दुइसब्द सकिदैन ।कार्यक्रममा खादा मालाको प्रयोग,मायाको चिनो लिने दिने जस्ता कुरा ले पनि अनावश्यक पैसा र समयको नोक्सान गरिरहेका हुन्छन् । कुनै जमाना थियो प्रजातान्त्रिक र गणतान्त्रिक ब्यवस्था ल्याउन नेता हरु भुमिगत परिवेश मा राजनीति मा सक्रिय हुन्थे, आम कार्यकर्ता र जनता ले उनीहरुलाई चिन्दैनथे, त्यो बेला खुला राजनीति मा प्रवेश गर्दा यो खाले ठुला ठुला स्टेज ,खादा माला लगाएर परिचय गराउनु सान्दर्भिक नै हुन्थ्यो, आज जमाना फेरिएको छ ,नेता ,उच्च पदाधिकारी हरु सबै नि चिरपरिचित र थाहा पाएकै छन ,बिचार भाषण सुनिएकै छ ,अनुहार देखिएकै छ किन गर्नुपर्यो र त्यो खाले अनावश्यक तडकभडक?
२.एसो गर्नु उपयुत्त हुन्छ
३. मन्च सानो बनाउने, कार्यक्रम सन्चालक बाहेक अन्य सबै तलै बस्ने ,प्रमुख ,विशेष र अन्य अथिती अघिल्लो रोहोबरमा बस्ने,खादा माला ,टोकन अफ लभ,ब्याच जस्ता अनावश्यक कुरा को प्रयोग हटाउने, दिनै परे प्रयोग गर्नैपरे, स्थानीय उत्पादन र हस्तकला का चिज बस्तु हरु प्रयोग गर्ने, बक्ता लाई बोल्ने समय निर्धारण गरि दिने अनावश्यक लम्बे भए साउन्ड्सिस्टम डिसकनेक्ट गरिदिने, कार्यक्रम को स्वरुप हेरि गरिदिने कार्यक्रमको स्वरुप हेरि जरुरी वा सरोकारवाला लाई मात्र मन्तव्यका लागि समय दिने, कार्यक्रम लाई तालिका अनुसार प्रस्तुत गर्ने ताकि बोलिसकेका व्यक्तिको मन्तव्य र प्रश्ंसा लाई स्थान नदिने, कार्यक्रम को स्वरुप बारे सुरुमै शुचितनगर्ने समयमा उपस्थित नहुने र सो ढिलो हुने कुरा जानकारी न गराइ आउने,अतिथि लाई पुन आसनग्रहण नगराउने, कार्यक्रम को पुरै अवधिको समयसुचांक तयार गरि नियमित फलो गर्ने हो भने यस्ता असामान्य अवस्थाहरु लाई अन्त्य गर्न सकिन्छ तर यो सबै कुराको बिधि निर्धारण माथि बाटेे सुरुगर्नु बान्छनिय देखिन्छ । – रबिन गौतम

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *