विप्लवको गोप्य पत्रः सेना सञ्चालनका लागि चन्दा दिनुस्, हामीलाई कसैले हराउन सक्दैन (हेर्नुहोस पत्रसहित)

२०७६ भाद्र ३१, मंगलवार १२:०२ गते २०७६ भाद्र ३१, मंगलवार १२:०२ गते २०७६ भाद्र ३१, मंगलवार १२:०२ गते

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले व्यापारी, उद्योगीलगायतलाई आफ्नै हस्ताक्षर गरेर पठाउने पत्र बाह्रखरीले प्राप्त गरेको छ । यसअघि विप्लव स्वयंले चन्दाका लागि लेखेको पत्र बाहिरिएको थिएन । तर विप्लव समूहले भदौदेखि पाँच महिना आर्थिक संकलन अभियान सुरु गरेको बताएको थियो । भूमिगत अवस्थामा रहेका विप्लवद्वारा हस्ताक्षरित पत्रमा सेना र पार्टी सञ्चालनका लागि भन्दै चन्दा माग गरिएको छ । विप्लवद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘‘व्यापक सङ्घर्ष सञ्चालन गर्न, पार्टी र सेना सञ्चालन गर्न तपाईंहरुको सहयोगको सहकार्य गर्नुबाहेक हामीसँग कुनै विकल्प छैन ।’’

पत्रमा आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने शक्तिको रुपमा स्थापित भएको दाबीसमेत गरिएको छ । राज्यले अपराधीलाई कारवाही गर्नुको साटो संरक्षण गरेपछि आफ्नो पार्टीलाई कारवाही गरिएको दाबीसमेत विप्लवको पत्रमा गरिएको छ । विज्ञप्तिमा चन्दा आतंक पार्टीले नमच्चाएको जिकिर समेत विप्लवले गरेका छन् ।विप्लवले अगाडि भनेका छन्, ‘‘आर्थिक सहयोगले गर्दा तपाईंको केही रकम घट्छ तर यो इतिहासले माग गरेको परिवर्तनकारी आन्दोलनका लागि क्षति होइन, योगदान नै हो । यही मर्मलाई मनन् गर्दै हामीले सञ्चालन गरेको विशेष आर्थिक अभियानलाई अप्ठ्यारो नमानी सम्भव सहयोग उपलब्ध गराइदिनुहुनेछ भन्ने विनम्र अनुरोध गर्दछौं ।’’

गृहमन्त्री रामबहादुर थापाले संसदमै विप्लव समूहले जनसेना निर्माण गरेको खुलासा गरेका थिए । विप्लव स्वयंले आफ्नै पत्रमा समेत त्यसको पुष्टि गरेका छन् । गत फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सुरक्षा निकायले ‘सर्च एण्ड अरेस्ट’ अपरेसन चलाउँदै आएका छन् । विप्लव समूहले सेना निर्माण गरेपछि यकिन संख्या कति हो भन्ने जानकारी बाहिर आएको छैन । देशभर विप्लव समूहले चन्दा आतंक तिव्र बनाएको सुरक्षा निकायले बताउँदै आएका छन् । विप्लव समूहले स्थानीय निकाय, उद्योगी व्यापारी लगायतलाई आर्थिक संकलनका लागि दबाब दिँदै आएको छ ।१२ खरी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *