खनालको ‘हाम्रो देश नेपाल, हामी नेपाली’ गीतको म्युजिक–भिडियो विमोचन (हेर्नुहोस भिडियोसहित)

२०७६ भाद्र ३१, मंगलवार १९:२० गते २०७६ भाद्र ३१, मंगलवार १९:२० गते २०७६ भाद्र ३१, मंगलवार १९:२० गते

काठमाडौं । गीतकार गोपाल पी. खनालको ‘हाम्रो देश नेपाल, हामी नेपाली’ नामक नयाँ गीतको म्युजिक–भिडियो शनिबार सार्वजनिक भएको छ । रिपोर्टर्स क्लब नेपालमा सावित्रा पाण्डेले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ गीतकार तथा कवि रत्नशमशेर थापा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा प्रा.डा. गोविन्दराज पोखरेल, प्राध्यापक डा. गोविन्द प्रसाद आचार्य, संगितकार वसन्त सापकोटा र पत्रकार ऋषि धमलाले संयुक्त रुपमा उक्त म्युजिक–भिडियोको विमोचन गरिएको हो ।

उक्त म्युजिक भिडियोको उत्पादन आश्रम म्युजिक सेन्टरले गरेको हो भने गीतलाई ‘हाईलाईट्स नेपाल’ नामक युट्युव च्यानलमार्फत बजारमा ल्याईएको हो ।कमल किरणको स्वर रहेको उक्त गीतमा वसन्त सापकोटाले संगित भरेका छन् । त्यस्तै, गीतको एरेन्ज भने प्रदीप श्रेष्ठले गरेका हुन् । गीतमा कोरियोग्राफी भने केशु पुनले गरेकी हुन् । भिडियोको सम्पादन नवीन घर्तीमगरले गरेका हुन भने निर्देशन हेमराज आश्रम र सह–निर्देशन आश्रम म्युजिकको रहेको छ । कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ गीतकार तथा कवि रत्नशमशेर थापाले पछिल्लो समय राष्ट्रिय गीत–संगितको लेखन तथा निर्माण हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । तर, यस्तो अवस्थामा गीतकार खनालले युवा पुस्तालाई राष्ट्रिय गिततर्फ आकर्षित गर्नेगरि काम गरेकोमा भने उनले खुशी व्यक्त गरे ।

उनले भने,‘कतिपय गीतमा लय मिलेका हुँदैनन् । कति  पयमा भाव पाईँदैन् । यस सन्दर्भमा राष्ट्र र राष्ट्रियता, देशप्रेममा आधारित यस्तो गीतले ठूलो महत्व राख्दछ ।’ उनले आगामी दिनमा पनि गीतकारहरुले यसतर्फ ध्यान दिनुपर्ने र समाजपनि सोहीअनुसार परिलक्षित हुनुपर्नेमा जोड दिए ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा प्रा.डा. गोविन्दराज पोख्रेलले राष्ट्रिय एकता बलियो बनाउने गीत बनेको भन्दै बधाई दिए । उनले भने, ‘गीतमा राष्ट्र र राष्ट्रियताप्रति वजनदार शब्द प्रयोग भएका छन् । यसले हामी सबैको मन छुन्छ । राष्ट्रिय एकता जगाउने खालको गीत छ । धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।’उनले रिभोल्युसनले भन्दापनि यस्तै गीत–संगित ईभोल्युसनमार्फत मुलुकलाई समृद्धितर्फ लैजान सकिने विश्वास दिलाए । त्यस्तै, उनले उक्त गीतले युवाहरुलाई एकतामा बाँध्ने काम गरेको र युवाहरुलाई नयाँ बाटो देखाएको पनि बताए ।

उनले नेपाल पर्यटकीय देश भएकोले पनि पर्यटन प्रर्वद्धनको लागि पनि गीत कोशेढुंगा सावित भएको सुनाए । उनले गीतकार खनाललाई बधाई दिँदै आगामी दिनमा यस्तै गीत रचना गर्न शुभकामना दिए ।कार्यक्रममा प्राध्यापक गोविन्द प्रसाद आचार्यले गीतको समिक्षा गरेका थिए । उनले गीतले राष्ट्रको यथार्थता बोकेको टिप्पणी गरे । उनले भने,‘चन्द्र, सुर्य अंकित झण्डा, गौतम बुद्ध, लालिगुराँस र सगरमाथाको शीरजस्ता राष्ट्रका विविध आयामहरुलाई समेटेर यो गीत तयार भएको छ । गीतले साँच्चिकै राष्ट्रिय एकता र सहिष्णुताको प्रर्वद्धन गर्नेतर्फ परिलक्षित छ ।’पत्रकार ऋषि धमलाले पनि उक्त गीतको मुक्तकण्ठले प्रशंसाा गरे । धेरैपछि राम्रो गीत आएको भन्दै आगामी दिनमा पनि यस्तै खाले गीत बनाउन खनाललाई सुझाए ।

उनले भने, ‘खनालजीका गीतले राष्ट्रिय एकता र स्वाभिमानलाई उँचो राख्ने काम गरेका छन् । म त उहाँको ठूलो शुभचिन्तक हुँ । आगामी दिनमा पनि उहाँका कलमहरु यसरी नै चलुन् ।’ उनले गीतलाई आम श्रोता तथा दर्शकमाँझ पुर्याउनको लगि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।त्यस्तै, कार्यक्रममा संगितकार वसन्त सापकोटाले गीतकार खनालको गीत–संगितप्रतिको लगावको बारेमा प्रकाश पार्दै कुनैपनि काममा आवद्ध भएपछि त्यसलाई फत्ते नगरेसम्म अहोरात्र खटिरहने स्वभाव निरन्तर कायम रहोस भन्ने शुभकामना दिए । त्यस्तै, गीत अत्यन्तै राम्रो बनेको भन्दै यसलाई सबैले माया गर्नुपर्ने सुझाए । उनले भने,‘यो गीत राष्ट्रिय एकताको प्रतिक हो, यसलाई माया गर्नुपर्छ ।’via ujyuaalonepal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *