नेता कार्यकर्तालाई मौरी झैं मेहनती बन्न प्रधानमन्त्री ओलीको अर्को निर्देशन

२०७५ आश्विन ६, शनिबार १७:०८ गते २०७५ आश्विन ६, शनिबार १७:०८ गते २०७५ आश्विन ६, शनिबार १७:०८ गते

नेता कार्यकर्तालाई मौरी झैं मेहनती बन्न प्रधानमन्त्री ओलीको अर्को निर्देशनकाठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिनुभएको छ ।

वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई शनिबार पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो । । प्रधानमन्त्री ओलीले कर्मी मौरीको झैं मेहनतले मात्र देश विकास हुने बताउनुभयो । ‘कर्मी मौरी झैं एकजुट भएर काममा लाग्नुहोस । सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

केही दिन अगाडि प्रधानमन्त्री ओलीले विरोधीलाई अरिङ्गालले झै झम्टिन कार्यकर्तालाई निर्देशन दिएपछि सामाजिक सञ्जालमा उहाँको निकै आलोचना भएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाउनु भएको छ । ‘आफ्ना आग्रह, पूर्वाग्रह छाडौं, आफ्नो होइन, देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको बताउनुभयो । ‘वामपन्थीको भूमिकालाई कांग्रेसले स्वीकारेको भए २०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘फेरि पनि वामपन्थी सुझाव मानेको पञ्चायत यति लामो समय रहने थिएन ।’

नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाई छ । साहानालाई महिला आन्दोलनकी नेतृको रुपमा हेर्नु उपयुक्त नहुने प्रधानमन्त्रीले भनाई छ ।

‘उहाँ नेपालको राजनीतिक र सामाजिक आन्दोलनको अग्रणी नेतृ हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘२०४६ सालको जनआन्दोलनमा उहाँको भूमिकाले नै नेपालमा नागरिकको अधिकार पुनर्बहाली गर्न सजिलो भएको हो ।’
ujyaaloonline

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *