मुटुको चा केहि गडबड भए यसो गरौं, यस्तो हुन्छ लछण

२०७६ आश्विन ४, शनिबार ०९:५१ गते २०७६ आश्विन ४, शनिबार ०९:५१ गते २०७६ आश्विन ४, शनिबार ०९:५१ गते

एउटा सामान्य व्यक्तिको मुटुको चाल (हार्ट विट) प्रति मिनेट ६० देखि एक सयको बीचमा हुनु पर्छ । केही विशेषज्ञहरु ५० देखि ७० लाई पनि सामान्य चाल मान्ने गर्छन् । तर मुटुको चाल सामान्य भन्दा बढी भएमा त्यो स्वास्थ्यका लागि हानीकारक हुनसक्छ, जसलाई चिकित्सकीय भाषामा ट्रेकिकार्डिया भनिन्छ । मुटु रोग तथा रक्तअल्पत्राको समस्याले पनि ट्रेकिकार्डिया निम्त्याउन सक्छ, जुन आफैमा जटिल हो ।

किनकी शारीरिक श्रम, तनाव तथा एक्सरसाइजका कारण मात्र मानिसमा मुटुको चाल अधिक हुने गर्छ । अन्य समय यो सामान्य स्तरमा रहन्छ । र, मुटुको चाललाई मुटुको विद्यतीय तरंगले नियन्त्रित पार्ने गर्छ ।तर जब मुटुले असामान्य तरंग उत्पादन गर्न थाल्छ, तब मानिसको मुटुको चाल असामान्य हुने गर्छ । र, असामान्य मुटुको चाल भएमा हृदयाघात, स्ट्रोक लगायतका समस्या निम्तिन सक्छ । त्यसैले, यदी कसैले यस किसिमको समस्या भोगिरहनु भएको छ भने कम्तीमा एक पटक चिकित्सकलाई अवश्य देखाउनु पर्छ ।अन्यथा, तल उल्लेखित उपाय अपनाएर प्रारम्भिक उपचार सुरु गर्नु पर्छ ।

भलसल्भा मेन्युभर:भलसल्भा मेन्युभर एक प्रकारको सास फेर्ने तरीका हो । जसले मुटुको धडकनमा तिव्र गतिमा बदलाव ल्याउँछ । यसको लागि मुखलाई बन्द गरेर हातले नाकलाई बन्द गर्नु पर्छ । अब बलुन फुके झै सासलाई बाहिरतर्फ फाल्नुपर्छ । यो विधि अपनाउदाँ पेटलाई केही खुम्च्याउनु पर्छ । र , पेटलाई हल्का प्रेशर दिनुपर्छ । अब यो विधि दश देखि पन्ध्र सेकेण्ड अपनाउनु पर्छ ।

चिसो पानीमा मुख डुबाउने:यो विधि प्रभावकारी छ किनकी यसले योनी तन्त्रिकालाई उत्तेजित बनाई हृदयको गति नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ । त्यसैले, लाग्छ कि मुटुको धडकन बढी रहेको छ भने चिसो पानी मुखमा छर्कनुस् । अन्यथा चिसो पानी भरिएको एउटा ठूलो भाडोमा मुख डुबाउनुस् ।

निहुरिने:यो विधि भलसल्भा मेन्युभर भन्दा खासै फरक छैन । यसमा दुई चरण छन् । पेटको मांसपेशी खुम्च्याउने र पेटमा समस्या भएजसरी जिउलाई बेस्सरी कस्ने ।

क्यारोटिड साइनस मसाज:क्यारोटिड साइनस मसाजले पनि हृदयलाई आराम दिलाउँछ । क्यारोटिन साइन नामक नशा घाँटी हुँदै मुटुतिर जान्छ । हातका औलाद्धारा यस नशामा हल्का मसाज गर्नाले मुटुको गति स्थिति हुन्छ र मुटुको धडकन नियन्त्रित हुन्छ ।

बरफ पानी खाने:एक अध्ययन अनुसार मुटको धड्कनलाई नियन्त्रित गर्ने यो एक प्रकारको प्रभावकारी उपाय हो । बरफ पानीको सेवन गरेर पनि मुटुको धडकनलाई नियन्त्रणमा राख्न सकिन्छ । उदाहरणको लागि, जब एउटा व्यक्तिले बरफयुक्त पानीको सेवन गर्छ, यसले योनी तन्त्रिकालाई उत्तेजित पार्छ र मुटुको धडकनलाई कम गर्दै लैजान्छ ।

लामो लामो सास फेर्ने: लामो लामो सास फेरेर पनि मुटुको गतिलाई नियन्त्रित गर्न सकिन्छ । यसको लागि केहीबेर सासलाई पाँच सम्म गन्नु पर्छ त्यसपछि विस्तारै सास तान्ने र छोड्ने गर्नु पर्छ । अब यो प्रकृयालाई केही पटक पुन दोहर्‍याउनुपर्छ ।

औषधीको सेवन:प्रत्येक रोगमा बेग्ला बेग्लै किसिमको उपचारको आवश्यकता पर्छ । त्यसै अनुरुप औषधी सेवन गर्नुपर्छ । त्यसैले, माथि उल्लेखित कुनै पनि उपायले काम गरेको छैन भने, तुरुन्तै नजिकैको चिकित्सकलाई सम्पर्क गरे औषधीको सेवन गर्नु पर्छ । आजकल बजारमा यस्ता थुप्रै औषधी उपलब्ध छन्, जसले मुटुको चाललाई क्षणभरमै नियन्त्रित गर्न मद्दत गर्छ ।

मुटु रोग भए नभएको कसरी थाहा पाउने ? जानिराखाैँ : मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्रकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छाती भित्र धडकिरहने यो सानो अङ्गले शिर देखि पैतालासम्म प्रभाव पारी राखेको हुन्छ । हामीलाई मुटुरोग लागे नलागेको कसरी पत्ता लगाउन सकिन्छ । मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन् । मुटुरोगका अनगिन्ती लक्षणहरु मध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ वटा प्रमुख लक्षणहरु रहेकोवरिष्ट मुटुरोग विशेषक डा. प्रकाशराज रेग्मीले बताए । डाक्टर रेग्मीका अनुसार मुटुरोगका लक्षण यस्ता छन् ।

  • १. छातीको बिचको भाग दुख्नु
  • २. दम बढ्नु
  • ३. खुट्टाहरु सुन्निनु
  • ४. घाटीँको रक्तनली फुल्नु
  • ५ ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु
  • ६. औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु
  • ७. टाउको दुख्ने र चक्कर लाग्नु
  • ८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु
  • ९. कफमा रगत देखा पर्नु
  • १०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु
  • ११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु
  • १२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु

मुटुरोगकाे घरेलु उपचार : विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ । मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (heart attack) रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन् ।

नेपालमा मुटुरोग बढ्ने क्रममा छ। हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ । यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजकल युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ ।मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ, विशेषगरी हामीले दैनिक रुपमा सेवन गर्ने यस्ता खानेकुरा छन्, जसले मुटु तथा कलेजोलाई हानी पुर्‍याउने गर्छ ।यस्ता खानेकुराले मुटुको रक्तधमनीमा बोसो जम्मा भई मुटुुमा अवरोध गर्छ । जसका कारण रक्तधमनीमा रगतको सञ्चार राम्रोसित हुन नसकी मुटुको समस्या निम्त्याउछ । उपचारहरू: 

  • १. एउटा अमला र एउटा मिस्र्री लिनुहोस् र त्यसलाई पिनेर धूलो बनाउनुहोस् र मिसाउनुहोस् । यसको प्रयोग हरेक बिहान दुई चम्चा पानी सँग प्रयोग गर्दा मुटुको रोग र ब्लड प्रेसरमा पनि कमि आउने छ ।
  • २. एउटा प्याज लिनुहोस् र त्यसलाई पिनेर त्यसको जुस निकाल्नुहोस् । अब दुई चम्चा प्याजको जुस र शुद्ध मह मिसाउनुहोस् र यसको प्रयोग दिनमा तिन पटक प्रयोग गरेमा ब्लड प्रेसर र मुटुको रोग भएकोलाई धेरै फइदा गर्दछ । सधैँ खाना खाँदा काचो प्याज वा लसुनको प्रयोग गरेमा यसको समस्या कम हुँदै जानेछ ।
  • ३. एक चम्चा अर्जुना पौडरको सेवन दिनको एक पटक पानी सँग गर्नुहोस् । एउटा अर्जुनाको रूखको बोक्रालाई पानीमा उमालेर खानाले पनि यो रोग कम हुँदै जानेछ ।
  • ४. दुईवटा काचो लसुन बिहान उठ्ने बितिकै पानी सँग खानुहोस् । यसले यो रोग हटाउन धेरै मदत गर्दछ ।
  • ५. एक ग्लास दुधमा आधा चम्चा बेसार मिसाउनुहोस् र यसको सेवन दिनको दुई पटक गर्नुहोस् । यसले मुटुको रोगलाई घटाउन धेरै मदत गर्दछ ।
  • ६. एक कप कागतीको जुस, एक कप अदुवाको जुस, एक कप लसुनको जुस र एक कप स्याउको जुस लिनुहोस् र सबैलाई मिसाउनुहोस् र त्यसको माथिबाट तिन कप मह राखेर मिलाउनुहोस् र एउटा बोतलमा राख्नुहोस् । हरेक बिहान एक चम्चा यसको प्रयाग गर्नुहोस् । यसो गर्दा यसले मुटुको रोगमा धेरै कमि ल्याउने गर्दछ ।
  • ७. अर्जुन रूखको बोक्रालाई पिनेर पाउडर बनाएर त्यसको पाउडर एक कप पानी र एक कप दुधमा राखेर पकाउनु र बाक्लो भएपछि यसलाई छानेर यसको सेवन हरेक दिन बिहान खाली पेट वा राती सुत्न अगाडी एक पटक प्रयोग गर्दा यसले यो रोग हुनबाट रोक्छ र कम पनि गर्दछ ।
  • ८. एक कप काचो लौकाको जुस, तुलसीको पातको जुस, पुडिनाको जु्स र बिरे नुन मिलाएर र त्यसको सेवन दिनमा एक पटक ३ महिना नियमित प्रयोग गर्नाले यो रोगमा कमि आउने छ र ब्लड प्रेसरमा पनि कमि ल्याउने छ ।

हृदयाघातको जोखिम बढ्ने यी खानेकुराले

  • १.कफि क्रिम, पपकर्न:कफी, त्यसमा पनि कि्रम मिसाइएको कफी मुटुको लागि निकै घातक मानिन्छ । यसै पनि दिनमा दुई-तीन कप कफी स्वास्थ्यका लागि हानीकारक मानिन्छ । उक्त कफीमा क्रिम मिसाइएको छ भने त्यो अझै घातक हुन्छ किनकी उक्त कि्रममा ट्रान्सफैट हुन्छ । त्यही क्रिमलाई कतिपयले पपकर्न स्वादिलो बनाउनमा पनि प्रयोग गरिरहेका हुन्छन् ।
  • २.वोसोयुक्त आहार:तेल तथा घयुबाट बनेका परिकारमा अधिक मात्रामा चिल्लो तथा वोसो पाइन्छ, जसको अधिक सेवनल मुटु सम्बन्धि समस्या निम्त्याउने गर्छ । विशेषगरी, समोसा, पकौडा, पुरी लगायत तेलबाट पकाइने खानेकुरामा तेल तथा क्यालोरीको मात्रा अधिक हुन्छ ।अधिक मात्रामा क्यालोरीको सेवन शरीरमा फ्याटको रुपमा जम्मा हुन्छ । त्यसैगरी, जब तेललाई एक हटसम्म तताइन्छ, तब उक्त तेल ट्रान्सफैटमा बद्लिन्छ, जुन हृदय वा मुटुको लागि निकै हानीकारक छ ।
  • ३.ननभेज:ननभेज अर्थात् मांसहारी भोजन । मांसहारी भोजनका कयौं फाइदाहरु छन् । यसले शरीरमा मासुुबाट पाइने प्रोटिनको प्रवाह गर्दछ । तर आवश्यक्ता भन्दा बढी मात्रामा प्रोटिनको सेवन गर्नाले मुटुको समस्या निम्तने गर्छ ।
  • विशेषगरी, मांसाहारी भोजनमा स्याचुरेटेड फ्याट तथा कोलेस्ट्रोल अधिक मात्रामा पाइन्छ । जसल गर्दा रक्तधमनी कडा भई त्यसमा अवरोध खडा हुन्छ र हार्ट अट्याक तथा हार्ट व्लक लगायतका समस्या निम्तने गर्दछ ।
  • ४.चिसो पेय पदार्थ:सोडा, कोकाकोला, लगायतका चिसो पेय पदार्थ पनि स्वास्थ्यका लागि पनि निकै हानीकारक छ । सोडो तथा चिसो सय पदार्थमा चिनीको मात्रा अधिक हुन्छ । जसको सेवनले रगतमा चिनीको मात्रा त बढाउँछ नै, यसमा पाइने विभिन्न तत्वले शरीरमा डिप्रेशनका हर्मोनलाई समेत एक्टिभ राख्ने हुदाँ यसको सेवनले मुटु तथा मस्तिष्क दुवैलाई प्रभावित पार्ने गर्छ ।
  • ५.पिज्जा तथा फ्राइड राइस:खाजामा होस् वा नाश्तामा हिजोआज पिज्जा , मम, फ्राइड राईस लगायतका फास्टफुड धेरैको रोजाईमा पर्ने गर्छ । जबकी यस्ता फास्टफुटमा मैदा तथा पोलिस गरिएको चामलको अधिकतम प्रयोग हुने गर्दछ । मैदा तथा पोलिस गरिएको चामललाई रिफाइन गर्दा नै त्यसमा भएको तत्व भिटामिन बी १ अर्थात थियामिन नष्ट हुने गर्छ ।थियामिन नष्ट भएमा यस्ता खानालाई पचाउन कलेजोलाई गार्‍हो हुन्छ र कलेजोले उक्त प्रकि्रयालाई पूरा गर्न शरीरमै भएको भिटामिन बी १ प्रयोग गर्न थाल्छ । परिणाम स्वरुप यस्ता खानेकुराको मुटुको समस्या बढाउने गर्छ ।
  • ६.नुन:मुटु रोगबाट बँच्न दैनिक ५ ग्राम (एक चिया चम्चा ) भन्दा बढी नुन प्रयोग गर्नु हुँदैन तर नुनको मात्रामा पूरै रोक लगाउनु हुँदैन । साथै नुनिलो खानेकुराको प्रयोग कम गर्नुपर्छ । नुनीलो अचार, टीनमा बन्द गरिएका खानेकुरा खानु हुँदैन ।
  • ७.धूम्रपान:धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने । सेकेण्ड-ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु)को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ ।मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन् । मुटुरोगका अनगिन्ती लक्षणहरूमध्ये सबैले थाहा पाइराख्नुपर्ने प्रमुख लक्षणहरू यस्ता छन् |

मुटु रोगका लक्षणहरु

१. छाति दुख्ने, ढक्क फुुल्ने वा भारी हुने (छातिमा बेचैनी हुने वा भारीपन महशुस हुनु) हृदयाघातको मुख्य सूचकका रूपमा लिइन्छ । त्यसैले यदि तपाईलाई यस्तो भइरहन्छ भने त्यसलाई हल्का रूपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर उपचार गर्नुहोस् ।२. यदि तपाईलाई स्वाश लिन बल लगाउनु पर्ने वा कठिनाई वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटु रोगको लक्षण हुनसक्छ ।३. गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वाभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बेलामा पनि पसिना तरतरी आउँछ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ ।४. नियमित रूपमा वाक्वाक् लाग्नु पनि हृदय रोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाक्वाक् लाग्ने, निकै थकाई तथा कमजोरी महशुस हुने र तनाव महशुस हुने जस्ता लक्षण खतराका सूचक हुन सक्छन् ।

५. यदि तपाईको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरी सिथिल हुन्छ भने सचेत हुनुहोस् । यसो हुनु भनेको मुटु रोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ ।६. यदि शरीरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने हेलचेक्र्याई नगर्नुहोस् । त्यो मुटु रोगको लक्षण हुनसक्छ ।७. यदि तपाईलाई बोल्दा अप्ठेरो महशुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

मुटुको हेरचाह :१. घ्यू वा तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।२. नुन दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नु हुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ ।३. बिहान बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तिमा एकपटक फलफूल खानुपर्छ ।४. बेलुकीको खानामा २ वा ३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ ।खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम भए खाना धेरै गर्नु हुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन, कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।

५. शाकाहारी हुनु मुटुका लागि फाइदा जनक छ । तर नियन्त्रित रूपमा माछा, मासु खाएमा हानी छैन । खसी, राँगो, बँगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ ।चिल्लो नराखी माछा र कुखुरा पकाएको मात्र खानुपर्छ । यस्तो खानाले हानी गर्दैन । माछा मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु नखानु नै उत्तम हुन्छ ।६. उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख श्रोत गहुँ, गेडागुडी, हरियो सागपातहरू हुन् । गेडागुडीलाई नियमित रूपमा खानु अझ बढी फाइदा जनक हुन्छ ।

७. खाना थोरै थोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक खाने तर पेट कसेर खाने, खाने बित्तिकै सुत्ने, यो मुटुका लागि अत्यन्तै खतरनाक हो । आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरै पल्ट खाने र उचित खाना खाने बानी बसाल्नु राम्रो हुन्छ ।८. मुटु रोग लागिसकेकाहरूले चिकित्सकको सिफारिसअनुसार रोगअनुसारको आहार लिनुपर्छ ।९. मोटो मानिसले तौल घटाउनु पर्छ र यसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ । याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed