सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने सहमतिअसोज ६, २०७५ काठमाडौं : सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा बढाउन सहमति भएको छ। यातायात व्यवसायी र सरकारी टोलीबीच भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यवृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो। सोही सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न मन्त्रालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ। सहमतिअनुसार विभागले आइतबारबाट नयाँ भाडादर कामय गर्ने भएको छ भने यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएका छन्। साथै शनिबारको वार्ताले सरकार र यातायात व्यवसायीबीच मूल्य वृद्धिअनुसार भाडा समायोजन गर्न समिति गठन गर्ने सहमति भएको यातायात व्यवस्था विभागले जनाएको छ।
thahakhabar.com
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0