काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सभापति शेरबहादुर देउवाले बोलेको बुझेन भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन् ।एभिन्युज टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा युवा नेता खतिवडाले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलको नेता देउवाको बोलेको नबुझ्ने राष्ट्रपतिको खुलेर आलोचना गरेका छन् । भण्डारीलाई नेकपाको सरकारको आलोचना गर्ने कांग्रेसका सभापतिको बोली बुझेन भन्नु पूर्वाग्रही भएको उनले आरोप लगाए ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीले सभापति शेरबहादुर देउवाले बोलेका मैले बुझिने भन्नुभयो । विदेशी भाषा अंग्रेजीमा टेलिफोनमा सी जिनपिङको कुरा बुझ्ने । शेरबहादुर देउवाको कुरा नबुझ्ने ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘सुशील कोइरालाको कुरा बुझिदैन थियो । तर, संविधान दिएर जानुभयो ।’‘राष्ट्रपतिले शेरबहादुर देउवाको कुरा बुझ्नु भएन । स्थानीय तहदेखि केन्द्रसम्मको निर्वाचन उहाँले गर्नुभयो’, युवा नेता खतिवडाले भने, ‘आफ्नो पार्टीको सरकारको विरोध गरेको कुरा सुन्नै नचाहने ? बुझ्दै नबुझ्ने कस्तो राष्ट्रपति हुनुभयो ? हामीलाई पनि त्यो चिन्ताको विषय भयो ।’‘शेरबहादुर देउवाले गरेको निर्वाचनबाट विद्यादेवी भण्डारी राष्ट्रपति भएको व्यक्ति हो’, खतिवडाले भनेका छन्, ‘चीनका राष्ट्रपति सी जिनपिङले गरेको कुरा बुझ्ने, शेरबहादुर देउवाले बोलेको नबुझ्ने यस्ता पनि राष्ट्रपति ?’
मार्सी र माफियाहरूको राज:दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जनतालाई निरास बनाएको उनले आरोप लगाए । ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीले पानीजहाज ल्याउँछु भनेर रसुवातिर घुम्नु भयो । रेल आउने छाँटकाँट देखिएन’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भनेका छन्, ‘३३ किलो सुनकाण्डको कारबाही गर्छु भन्नुभयो । आफ्ना मान्छे परेपछि त्यो पनि रोकियो । मेडिकल माफियालाई समाप्त पार्छु भन्नुभयो । एउटा मेडिकल माफियाले दुइटा प्रधानमन्त्रीलाई मार्सी चामलको भात खुवाएपछि त्यो पनि त्यही अन्त्य भयो । ठेक्कापट्टामा त्यस्तै भयो । विमानस्थलबाट उपकुलपतिलाई पक्राउ गरियो । यो सरकारले भ्रष्ट, माफिया र तस्करहरूलाई संरक्षण गरेको छ । जनताका समस्यालाई ध्यान दिएको छैन ।’
ओली सरकारद्वारा संविधान उल्लंघन: खतिवडाले ओली सरकारले संविधान उल्लंघन गरिरहेको बताए । नेपाली कांग्रेसले अब संविधानको सहि ढंगबाट कार्यान्वयन र संरक्षणको अभियान चलाउने उनले बताए ।
‘गुठी विधेयकको कांग्रेसले विरोध गर्दा फिर्ता भयो । उपत्यकाबासी उर्लिएर सडकमा आउन बाध्य हुनु पर्यो’, उनले भने, ‘नेपाली कांग्रेसलाई सानो पार्टी भनेर हेप्न खोजिएको छ । सभामुख र उपसभामुख एउटै दलको राखिएको छ । संविधानको खिलापमा कुनै पनि काम हुनु हुँदैन ।’
दुईतिहाइ दिएर जनता दिक्क: नेपाली कांग्रेसका युवा नेता खतिवडाले नेकपालाई जनताले विश्वास गरेर झण्डै दुईतिहाइको बहुमत दिएको भन्दै जनतासँग गरिएका प्रतिवद्धता कुनै पनि पूरा नभएको बताए । ‘यो सरकारले जनतालाई धोकाभन्दा अरु केही दिन सकेको छैन’, उनले भने, ‘नेकपालाई मतदान गरेका जनताहरू दिक्क भएका छन् ।’
एनसेललाई छुट दिएर भ्रष्टाचार:नेपाली कांग्रेसका पूर्वसांसद खतिवडाले एनसेललाई अर्बौं रकम छुट दिएको भन्दै ओली सरकारको आलोचना गरे । ‘सबैभन्दा ठूला काण्ड अहिले हुन थालेका छन् । सांसद भएको व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीश बनाइएको छ । मन्त्री भएको व्यक्तिलाई पुनः महान्यायाधीवक्ता बनाइएको छ’, उनले भने, ‘त्यहीबाट सेटिङ गरेर एनसेललाई छुट दिइएको छ । सबै कुरा नियतबस गरिएका छन् ।’
एमालेको गीत गाउनेलाई पदक:नेपाली कांग्रेसका नेता खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले आफूलाई उपचार गर्ने चिकित्सक, चन्दा दिने व्यापारी, पार्टीको गीत गाउने गायक, कमाल काट्ने व्यक्तिलाई पदक वितरण गरेको भन्दै आलोचना गरेका छन् ।‘पदक बाँड्न जो–जो बसेका छन्, आफ्नो नाम आफै सिफारिस गरेका छन् । ‘नेपाल रत्न’ र ‘राष्ट्रिय गौरव’ बाहेक सबै पदक दिँदा आफ्ना मान्छेभन्दा बाहिरकालाई दिइएको छैन’, उनले भनेका छन्, ‘एउटा बद्री पंगेनी भन्ने मान्छेलाई पदक दिनुभए छ । उहाँले बडा राम्रो गीत गाउनु हुन्थ्यो । ‘मपनि एमाले तपाई पनि एमाले’ भनेर । चुनावमा एमालेको गीत गाउनु भएको थियो । त्यसको पुरस्कार दिनुभएको छ ।’खतिवडाले बद्री पंगेनीभन्दा पदकका लागि योग्य हकदार रामेश, रायनहरू रहेको बताए । ‘प्रतिभाको कदर हुनुहुपर्छ । तर, एउटा प्रतिभावलाई पदक नदिएर चाकढीका भरमा बाँड्नु हुँदैन’, उनले भनेका छन्, ‘रामेश, रायनहरू मेरै ओखलढुंगा जिल्लाको हुनुहुन्छ । अरु होइन त्यो पार्टीको गुणगान गाउनेलाई मात्रै पदक दिइयो भनेको हो । पदकका लागि रामेश र रायनहरू योग्य छन् । बद्री पंगेनीले भन्दा ठूलो योगदान गरेका छन् ।’
खतिवडाले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो कपाल काट्नेलाई पदक दिएको बताए । ‘उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो कपाल काट्ने लक्ष्मी ठाकुरलाई पदक दिनुभएको छ’, उनले भने, ‘विनोद श्रेष्ठ भन्ने नेपाली सेनाको उपरथी हुनुहुन्थ्यो उहाँ आफै कमिटीमा हुनुहुन्छ । उहाँले आफ्नो नाम आफै सिफारिस गर्नुभए छ ।’खतिवडाले भनेका छन्, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो डाक्टरलाई पदकका लागि सिफारिस गर्नुभए छ । डा.भगवान कोइराला यति राम्रो काम गर्ने मान्छेलाई तल राखेर आफ्नो उपचार गर्नेलाई ठूलो पदक दिइयो ।’‘विदेशी नागरिकलाई पदक दिँदा पनि प्रधानमन्त्री ओलीले आफूलाई उचापर गर्नेहरू चिकित्सकहरूलाई मात्रै दिनुभएको छ’, उनले भनेका छन् ।
ओलीको उपचार खर्च दिनेलाई पदकचन्दा दिने व्यापारीहरूलाई पदक दिएको भन्दै नेपाली कांग्रेसका युवा नेता खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको भण्डाफोर गरेका छन् । ‘व्यापारीहरू पनि जो–जोले ओलीजीलाई उचार गर्न सहयोग गरे उनीहरूले पदक पाएका छन्’, उनले भने, ‘पदक वितरणमा आफ्नो हात जगन्नाथ भन्ने प्रवृत्ति विकास भयो ।’
ईन्द्रजितको के छ योगदान ?गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईले पनि पदक पाएकोमा खतिवडाले के आधारमा दिएको भनेर आलोचना गरेका छन् ।‘ईन्द्रजित राई ०६४ सालको संविधानसभाको सभासद् पनि हो । उहाँ ईण्डियन आर्मीको क्याप्टन पनि हो । उहाँले नागरिकता पनि नेपालमा अलिक पछि लिनुभएको हो’, खतिवडाले भनेका छन्, ‘ईन्द्रजित राई दार्जिलिङमा जन्मिएको मान्छे हो । प्रतिभा र योगदानको आधारमा पदक दिनुपर्छ । आफ्नालाई मात्रै पदक दिने कार्य रोकिनुपर्छ ।’via republicadainik
Views: 0