अस्पतालको लापरबाहीले पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी महिलाको मृत्यु

२०७६ आश्विन ६, सोमबार ११:३१ गते २०७६ आश्विन ६, सोमबार ११:३१ गते २०७६ आश्विन ६, सोमबार ११:३१ गते

काठमाडौं – चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गरेकी एक महिलाको मृत्यु भएको छ । धादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता गुरूङको अस्पालको गम्भीर लापरबाहीका कारण मृत्यु भएको हो ।शुक्रवार दिउँसो हाँस्दै हिँडेर अस्पताल गएकी गुरूङको चिकित्सकहरूले शनिवार पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए।

शल्यक्रियापछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा वित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तले बताए । शल्यक्रिया पछि स्वास्थ्य भएको विरामीको मृत्युु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले गुरूङको मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालले भने बिरामीको मृत्यु अप्रेसनमा भएको लापरवाहीले नभइ हर्ट अट्याकका कारण भएको दाबी गरेका छन् । पत्थरीको सफल शल्यक्रिया भएको बताएका चिकित्सकले केही मुटु चल्न छाडेका कारण गुरुङको मृत्यु भएको जनाएपछि मृतका आफन्त आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसन सफल भएपनि गुरुङको ज्यान गएको आरोप लगाएका छन् । ओम अस्पतालमा केही महिना अघि पनि पत्थरी को शल्यक्रिया को क्रममा सिन्धुपाल्चोकी एक महिलाको मृत्यु भएको थियो ।smartkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *