अस्ट्रेलियाको स्टेट अनुसार टिकाको साइत पनि फरक-फरक । (हेर्नुहोस तालिका सहित)

२०७६ आश्विन १३, सोमबार ०७:४७ गते २०७६ आश्विन १३, सोमबार ०७:४७ गते २०७६ आश्विन १३, सोमबार ०७:४७ गते

सिड्नी । आज बाट हिन्दु नेपालीहरूको महान् चार्ड बडादसैँ सुरु भएको छ । आज दशैको पहिलो दिन आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना । आज बिहान १०:३५ बजेको विशेष साइतमा काठमाडौँको हनुमान ढोका स्थित दसैँ घरमा जमरा राखिएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरूले घरघरमा जमरा राखेपछि दसैँ सुरु भएको मानिन्छ। घटस्थापना र विजयादशमीको साइत देश अनुसार नै फरक रहेको छ ।

घटस्थापनाका दिन घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गरिन्छ ।अष्ट्रेलियामा पनि दशैँको रौनक विशेष रहन्छ । विदेशमा बस्ने नेपालीहरुले पनि यस चाडलाई विशेष महत्वका साथ मनाउने गर्छन् । अष्ट्रेलियाका विभिन्न स्टेटमा नेपालीहरुको ठुलै संख्या रहेको छ तर, दशैको टिकाको साइत भने एउटै रहेको छैन । अष्ट्रेलियामा घटस्थापना र दशैँको साइत यस्तो रहेको छ ।यसै बिच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले दसैँ’को अवसर पारेर एक स’न्देश जारी गरेका छन्। हि’न्दुहरूको महान् पर्व बडादसैँ (नवरा’त्री)का अवसरमा स’न्देश जारी गरेका हुन् । भर्खरै जारी गरिएको उक्त स’न्देशमा उनले खुसीयालीका साथ नवरा’त्री मनाउन भनिएको छ । अस्ट्रेलिया पृथ्वीमा नै बहुसांस्कृतिक समुदायको सम्मान गर्ने मुलुकका रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोरिशनको स’न्देशमा भनिएको छ, “हिन्दु समुदाय सँग सँगै बसेर, खुसी साथ परिवार र आफन्त सँग यो पर्व मनाउनुहुनेछ भन्ने आशा लिएको छु ।”

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *