अस्ट्रेलिया । अस्ट्रेलिया सरकार ले वर्किङ्ग – होलि’डे भिसामा आउने’को संख्या लाइ वृद्धि गर्ने योजना मा रहेको छ ! अष्ट्रेलियामा घुमघाम को लागि आउने र यहाँको निय’म कानुन’लाई अनुशासनमा रहेर पालना गर्दै काम गर्न चाहने’हरुका लागि अष्ट्रेलिया सरकार’ले वर्किङ्ग होलि’डे भिसा दिने गर्छ ।अन्य देशबाट वर्किङ्ग होलिडे भिसामा घुम्न आउने व्यक्तिलाई ग्रामिण क्षेत्रमा काम गर्ने अनुमति सहितको भिसा दिने गरिन्छ ।
यदि पहिलो वर्षमा भिसाको लागि लागु गरिएका सर्त पूरा गरि अनुशासन पूर्वक रहेमा दोस्रो वर्षको लागि समेत भिसा बढाइन्छ । यसरि भिसा बढ्ने पर्यटकको संख्यामा २० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । वर्किङ्ग होलिडे भिसाले अष्ट्रेलियाको पर्यटन र ग्रामिण विकासमा सहयोग पुगेको बताएको छ । अध्यागमन मन्त्री डेभिड कोल्म्यानले वर्किङ्ग होलिडे भिसा वर्ष थप गर्नेको संख्यामा अझ वृद्धि भएको हेर्न चाहेको जनाउंदै ग्रामीण आप्रवासनका लागी थप अवसरहरू प्रदान गर्ने योजना ल्याइने बताएका छन् ।
यो पनि पढ्नुहोस ! अस्ट्रेलियाले राख्यो नेपाललाई “उच्च जो’खिम” सूचीमा । भिसामा कडा’इ हुने अस्ट्रेलिया, असोज १० । अस्ट्रेलियाले नेपाललाई अन्त’र्राष्ट्रिय विद्यार्थी अध्ययन गर्न आउने देशहरूमध्ये उच्च जो’खिम भएको मुलुकको सूचीमा राखेको छ । यो भन्दा पहिले नेपाललाई मध्यस्तरको जो’खिम भएको देशमा सूचिकृत गरिएको थियो । अस्ट्रेलियाको अध्यागमन विभागले उक्त सूचिमा परिवर्तन गरी नेपाललाई उच्च जो’खिम भएको मूलुकमा राखेको हो। अस्ट्रेलियाले उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुको देशलाई उनीहरुको विभिन्न मापद’ण्डका आधारमा तहगत रुपमा तीन किसिमले छुट्याउने गर्छ ।
अध्यागमन विभागले गर्ने उक्त वर्गीकरणमा वर्षौंपछि नेपाल दोस्रो तहको मध्यमस्तरको जो’खिम भएको देशमा सूचीकृत थियो । बिहीबारदेखि भने यो वर्गीकरणलाई परिवर्तन गरी तेस्रो तहको उच्च जो’खिम भएको मुलुकमा झारेको हो । यो तहको वर्गीकरणमा परेका देशका विद्यार्थीलाई भिसा प्रक्रियामा अन्य दुई तहका मुलुकका विद्यार्थीको तुलनामा अप्ठ्या’रो पर्ने अध्यागमन क्षेत्रका विज्ञहरुको भनाइ छ । – कान्तिपुर दैनिकबाट
Views: 0