सत्र वर्षदेखि फरार खुंखार अपराधीलाई गुफाबाट निकालियो

२०७६ आश्विन १३, सोमबार १५:३० गते २०७६ आश्विन १३, सोमबार १५:३० गते २०७६ आश्विन १३, सोमबार १५:३० गते

१७ वर्षदेखि एकजना खुंखार अपराधीको खोजी हुन्छ । महिला र बालबालिका तस्करीमा दोषी ठहर भई जेल हालिएको उसले जेल तोडेर भाग्छ ।सन् २००२ मा जेल तोडेर भाग्ने अपराधी हुन् सङ जियाङ । घटना चीनको हो । जियाङ वर्षौं देखि दुर्गम ठाउँको गुफामा लुक्दै आएका थिए ।

तर, चीनको प्रहरीले उनलाई गुफाबाट निकालिछाड्यो । ६३ वर्षीय फरार अपराधीलाई निकाल्न ड्रोनको सहारा लिनुपर्यो । गुफामा रहेको सम्भावना वी च्याटका कारण पत्ता लागेको थियो । जानकारी खोज्दै जाँदा दक्षिणपश्चिम चीनको युनान प्रान्तको पहाड वरिपरि रहेको सूचना प्राप्त भयो ।

जियाङको निगरानीका लािग पहाडमा ड्रोन नियमित रुपमा पठाइयो । त्यस क्रममा उनी गुफामा रहेको तस्बिर प्राप्त भयो । प्रहरीले निकै कठिनाईका साथ पुग्न सकिने गुफाबाट जियाङलाई निकाल्यो । गुफाबाट निकाल्दा उनी निकै दुब्ला र रोगी जस्ता देखिन्थे । जीवनको १७ वर्ष जेल बाहिर बसेपनि उनी चैन साथले बसेका थिएनन् । यसले उनलाई मानसिक रुपमा रोगी बनाएको थियो । गुफामा बस्दा नदीबाट पानी ल्याउँथे र जंगलको दाउरा बाल्थे । पानीका लागि उनले बोदल राखेका थिए । –एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *