विवाद पछि दिपकराज गिरि यस्तो को ट्वीस्ट : ‘दीपाश्री ब्याउने’ होइन, ‘बिहे हुने’ कुरा हो

२०७६ आश्विन १३, सोमबार २२:३८ गते २०७६ आश्विन १३, सोमबार २२:३८ गते २०७६ आश्विन १३, सोमबार २२:३८ गते

काठमान्डौ : विवा’दपछि दिपकराज’को ट्वीस्ट : ‘दीपाश्री ब्याउने’ होइन, ‘बिहे हुने’ कुरा हो : असौज २४ गतेदेखि रिलिज हुन लागेको नेपालि चलचित्र को निर्माता दिपकराज गिरि र उनको टिम ले छ माया छपक्कै चलचित्र रिलिज गर्दै छ ! छ माया छपक्कै को प्रमोसनको लागि एउटा प्यारोडी गित तयार भएको छ ! चर्चित गाएक दुर्गेश थापा को तिज मा एकदमै चलेको हामि पनि नाच्नुपर्छ बीच बीच मा भन्ने गित लाई सब्द हरु फरक पारेर गित तयार पारिएको छ ! गित पछिल्लो समय एकदमै भाइरल भैरहेको छ !

तर, यो गीतको एउटा शब्दले भने सामाजिक संजाल तताएको छ । ‘यसपटक त दीपाश्री ब्याउने कुरा छ’ भन्ने लाइनले सामाजिक संजाल तातेको छ । अविवाहित दीपाश्रीलाई किन यस्तो खालको शब्द प्रयोग गरियो भन्नेहरु पनि धेरै देखिएका छन् । मिडियामा पनि सस्तो प्रचार र विवाद खोजिएको भन्दै आलोचना भैरहेको छ ।यस विषयमा चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीसँग प्रश्न गर्दा उनले शब्दलाई नै ट्विस्ट गरिदिए । गीतमा ‘दिपाश्री ब्याउने कुरा छ’ नभएर ‘बिहे हुने कुरा छ’ भनिएको उनको दावी छ । गिरीले अनलाइनखबरसँग भने–‘दीपाश्री अविवाहित रहेकाले ब्याउने कुरा त हुँदै हुँदैन । तर, शब्दको अर्थ कसरी लगाउने भन्ने हो ।’

उनले अगाडि भने–‘यसपाली त दीपाश्रीको पनि बिहे हुनवाला छ भन्दा यो र्याप नभएर निवन्ध हुन्छ । गीत बनाउँदा मिटरमा पनि ल्याउनुपर्ने हुन्छ । यसको भावलाई जसरी पनि लैजान सकिन्छ ।’ उनले ‘के खान लाग्नु भएकोलाई के ‘खान्ला’, कहाँ जान लाउनु भएकोलाई ‘कहाँ जान्ला’ भनिएजस्तै शब्दलाई गीतको मिटर अनुसार प्रयोग गर्दा यस्तो सुनिएको बताए ।गीतमा सबैले सबैलाई उडाइरहेकाले दीपाश्रीको पनि ‘बिहे हुने कुरा छ’ भनेर उडाइएको उनले बताए । दीपकले बिचमै बिहे हुने भनेर संवाद नै राख्न खोजेको तर गीतको मर्म मर्ने भएकाले ‘ब्या–हुने’ राखिएको बताए ।

दीपकराजको टिमले सस्तो चीज ल्यायो भनेर भन्नेहरुमाथि उनको चित्त दुखाई छ । उनले भने–‘जुनको जुनेली’ गीत सार्वजनिक गर्दा कसैले यति मिठो शब्द प्रयोग भएछ भनेर प्रशंसा गरेनन् । बरु, यसपटक गीत खासै चलेन भनेर खुशी मनाए । प्रचारका लागि केही नयाँ गर्न खोज्दा सस्तो भयो भनेर आलोचना गर्छन् ।’उनले मानिसहरुले विभिन्न तरिकाले यो प्रचार गीतलाई वुझ्ने भन्दै दीपाश्रीमाथि प्रयोग गरिएको शब्दमा विवाद हुने कुरामा आफूहरु जानकार भएको बताए । उनले भने–‘हामीले कहिले पनि छाडा चलचित्र बनाएका छैनौं । हाम्रा, चलचित्रलाई हजुरआमा, हजुरबाले पनि हेर्नुहुन्छ । यसैले, अविवाहित महिलालाई ‘ब्याउने’ कुरा छ भन्ने त कुरा नै आउँदैन ।’दीपेन्द्र लामा निर्देशित यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ । – onlinekhabar उक्त भिडियो हेर्नुहोस !

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *