स्टाप नर्स अञ्जु न्यौपाने समाज सेवामा ।।।

२०७६ आश्विन २२, बुधबार २३:०८ गते २०७६ आश्विन २२, बुधबार २३:०८ गते २०७६ आश्विन २२, बुधबार २३:०८ गते

कोहलपुर , सडकमा कुनै मानसिक सन्तुलन गुमाएको ब्यक्ति जसको शरिरमा एउटा पनि लुगा छैन । दाह्री र कपाल बढेर अनुहार देखिदैन । अस्वभावि कृयाकलाप गरेर हिडिरहेको छ । यस्तो ब्यक्तिको नजिक जान जो कोही पनि पक्कै डराउँछ । तर तपाइँ आफै अनुमान गर्नु एउटा सुन्दर युवती जव उनको नजिक जान्छिन् उसलाई सुम्सुम्याउँछीन्, मायाले उनको मनोभावना बुझ्ने कोशिष गर्छिन अनि आफैसंग लिएर जान्छिन् ।अनुहारै छोपिने गरी फैलिएको दाह्री कपाल आफ्नै हातले फालिदिन्छन् । नाङ्गो शरिरमा कपडा लगाइदिन्छिन् ।
त्यति गरिसकेपछि अघि ढुंगाले हान्न तम्सेको त्यो मानसिक सन्तुलन गुमाएको ब्यक्ति पनि ति युवतीलाई आफ्नो अभिभावक भेटिएको जस्तो गरी उनको अगाडी निरिह हुन्छ । त्यस्तो काम गर्न कत्तिको हिम्मत चाहिन्छ ?अहिले यस्तै हिम्मतीलो काम गरेर आफ्नो परि चय स्थापित गरेकी युवती हुन् बाँके कोहलपुरकी युवा महिला अञ्जु न्यौपाने । तर अहिले उनी अञ्जु निलसागरको नामले परिचित छन् । पेशाले कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजको स्टाप नर्स हुन् । तर यतिले मात्र उनको परिचय पुरा हुँदैन । उनी निल सागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र कोहलपुरको संयोजक पनि हुन् ।

यो संस्थाको अगुवाई गरेकी अञ्जुले दिनभरी आफुले अस्पतालमा पुरा गर्नुपर्ने डिउटी पुरा गर्छिन त्यस बाहेक बचेको समय समाजसेवाका लागि खर्चेकी छन् । अहिले कोहलपुर स्थित मेडिकल कलेजमा कार्यरत स्टाप नर्सका लागि उनी एउटा प्रेरणा बनेकी छन् ।बा टोमा त्यसरी अस्वभाविक गतिविधि गर्दै हिडेको ब्यक्तिको नजिक जान सबै मान्छे डराउँछन् ।कतिपयले ढुंगाले समेत हान्छन्, तर उनीहरुको मनमा पनि माया स्नेह हुन्छन, उनले भनिन्, उनीहरु माया नपाएका कारण यस्तो भएका हुन् । उनीहरुलाई पनि माया चा हिन्छ । त्यसैले उनीहरुलाई पनि मायालु ब्यवहार गर्यो भने परिवर्तन हुन्छन् । सेवा भावमा लागेपछि अञ्जुले सिकेको फर्मुला हो यो । उनी सबै समस्याको समाधान मायामा देख्छिन् । त्यसैले सडकमा माया नपाएर भौतारिरहेकाहरुको सहारा बनेकी छन् । निलसागरको मुख्य कार्यालय नेपालगन्जमा छ । त्यहाँ अध्यक्ष सरिता खनाल र उपाध्यक्ष अमन सुवेदी सकृय छन् । निलसागरमा अहिले ४२ जना त्यस्ता असहायहरुले सहारा पाएका छन् ।बाँके बर्दिया लगायत सिमानाको जिल्लावाट मात्र होइन निलसागरमा जाजरकोट जुम्ला देखिका असहायहरु पनि सहारा लिएर बसेका छन् । ‘हामीले सडकमा जहाँ भेट्यो त्यहीँवाट असहायहरुलाई उठाउँछौं, उनले भनिन्, अधिकांश त अभिभावक नभएका बालबालिकाहरु छन् ।’

कोहलपुरलाई सहयोगीपेक्षी रहित बनाउन उनले अभियान सुरु गरेकी छन् । बाटोमा भेटिएका सहयोगीपेक्षीहरुलाई लिएर आश्रममा लैजाने, उनीहरुलाई सफा बनाउने, दाह्री कपाल समेत उनी आफै काटिदिन्छिन् । केन्द्रमा पुगेपछि उनीहरुको रुपनै फेरीन्छ । ‘बा टोमा हिडिरहेका तथा सहयोगीपेक्षीलाई सेवा केन्द्रमा लिएर जान निकै समस्या हुन्छ, उनले भनिन् सुरुमा विश्वास गर्दैनन्, कतिपयले त मलाई नै ढुंगाले पनि हानेका छन् ।’ तर पनि उनले त्यस्ता बेसहाराहरुलाई फकाएर सेवा केन्द्रमा लिएर जान्छिन् र उनीहरुको सेवा गर्छिन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *