आज मिति २०७६ साल असोज २७ गते। तदनुसार १४सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१,परिधावी संवत्सर,दक्षिणायन,सरद ऋतु,नेपाल संवत् ११३९ ञलगा,आश्विन प्रतिपदा
मेष– प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ।
वृष– महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ।
मिथुन– काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम,इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ।
सिंह– समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ।
कन्या– शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
तुला– श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला तर बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ।
वृश्चिक– स्वादिष्ट भोजनको आनन्द पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्। सचेत रहनुहोला।
धनु– अरूले आलोचना गर्नसक्छन्। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला।
मकर– शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।
कुम्भ– सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि,वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
मीन– तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ,सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ।
नोटःज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्। युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५
स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र
Views: 0