एकै परिवारमा २५ किलो चामलको एक छाक पकाइन्छ !!!

२०७६ कार्तिक १, शुक्रबार १०:१४ गते २०७६ कार्तिक १, शुक्रबार १०:१४ गते २०७६ कार्तिक १, शुक्रबार १०:१४ गते

धनगढी । नेपालीमा एउटा भनाइ छ, ‘सानो परिवार, सुखी परिवार। ’ त्यसैले एकल परिवारप्रतिको आकर्षण बढ्दो छ। मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन् । कैलारी गाउँपालिका–१, मनाउँमा रहेको अङ्ग्रेजीलाल कठरियाका ४९ जना सदस्य एउटै छानामुनि मिलेर बसेका छन्। तीन पुस्ते यो परिवारमा पाँच दाजुभाइका छोराछोरी्बुहारी र नातिनातिना छन्। घरको जेठो अङ्ग्रेजीलालको सात छोरा र दुई छोरी गरी नौ जना सन्तान छन्। सबैको विवाह भइसकेको छ। यसैगरी, माइलो रामचन्दरको तीन छोरामध्ये दुई जनाको विवाह भइसकेको छ। साइँलो लक्ष्मणको दुई छोरी, काइँलो चुन्नुको एक छोरा र दुई छोरी गरी तीन सन्तान रहेका छन्। कान्छो भाइ दयाशङ्करका तीन छोरा छन्। गत वर्षसम्म ५० जना सदस्य रहेको यो परिवारले साइँलो भाइ लक्ष्मणलाई भने गुमाइसकेको छ। गएको साउनमा लक्ष्मणको मृत्यु भएको थियो। संयुक्त परिवारको नमुना नै रहेको कठरिया परिवार अहिलेसम्म मिलेर बस्नुको प्रमुख कारण हो, कुशल पारिवारिक व्यवस्थापन। माइलो भाइका माइला छोरा डिल्लीराज परिवारको घरमूली छन्। आफूले सबैको चित्त बुझाउन सकेका कारण अहिलेसम्म मिलेर बसेको उनी बताउँछन्।

‘सानोतिनो झगडा हुँदा पनि सबै मिलेर समाधान गर्ने गरेका छौँ”,घरमूली डिल्लीराजले भने,‘अहिलेसम्म ४९ जना एउटै परिवारमा रहनुको कारण कुशल पारिवारिक व्यवस्थापन नै हो। यसका साथै,प्रायः सबैलाई आफूले काममा लगाएको उहाँको भनाइ छ।

‘सबै काममा व्यस्त भएपछि एकले अर्काको कुरा गरेर बस्ने फुर्सद कसैलाई छैन’,डिल्लीराजले भने।

स्रोत: गोरखापत्र दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *