भुटानी राजा भन्छन् मेरो जन्मस्थान नेपाल हो ? मलाई नेपालको मायाँ लाग्छ

२०७६ कार्तिक ४, सोमबार ०७:२८ गते २०७६ कार्तिक ४, सोमबार ०७:२८ गते २०७६ कार्तिक ४, सोमबार ०७:२८ गते

काठमाडौं– भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन्। बिहीबार ओहदाको प्रमाणपत्र बुझाउन गएका भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए। ‘नेपाल र नेपाली जनतासँग मेरो निकट सम्बन्ध छ। भावनात्मक सम्बन्ध छ। किनकी म नेपालमा जन्मेको हो’, राजाको भनाई उद्धृत गर्दै राजदूत आचार्यले भने।

राजा जिग्मेले नेपाल र भुटानबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको र दुबै देश भूपरिवेष्ठित रहेकाले मिलेर अघि बढ्नुपर्नेमा समेत जोड दिए।राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो। उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो। साथै नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो। जानकारहरुका अनुसार तत्कालिन रानी छिरङले हलेसी महादेवको मन्दिरमा पूजा गरेको र पुत्रका रुपमा जिग्मेको जन्म भएको पनि बताइन्छ।

त्यतिबेला राजा वीरेन्द्रले भुटानी राजपरिवारप्रति सहयोग तथा सद्भाव राखेका थिए। दुबै देशका राजपरिवारबीच घनिष्ठ सम्बन्ध थियो।राजा जिग्मेसँगको भेटमा राजदूत आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको मित्रता सन्देश सुनाएका थिए। आचार्यले उच्चस्तरीय भ्रमणको आदानप्रदान सहित दुबै देशका मैत्री सम्बन्धहरुलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए।

जवाफमा भुटानका राजाले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाईसहित शुभकामना दिए। राजदूतलाई सफल कार्यकालको लागि शुभकामना समेत दिए।राजदूत आचार्यले भुटानी प्रधानमन्त्री डा. लोटे टिसिरिङ्गसँग पनि भेट गरेका थिए। भेटमा नेपाल र भुटानको ऐतिहासिक सांस्कृतिक समानताबारे छलफल भएको थियो। यसअघि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले राजा जिग्मेसँग भेट गरेका थिए। सार्क शिखर सम्मेलनका क्रममा भएको भेटमा पनि राजा जिग्मेले आफू नेपालमा जन्मेको विषय स्मरण गरेका थिए।pathivarapost

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed