आज मिति २०७६ साल कात्तिक ०८गते । तदनुसार २५अक्टोबरसन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्ण पक्षको द्वादशी
- मेष– स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ ।
- वृष– काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
- मिथुन– व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।ै नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला ।
- कर्कट– खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।
- सिंह– काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला ।
- कन्या– आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।
- तुला– घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।
- वृश्चिक– सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।
- धनु– आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला ।
- मकर– पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।
- कुम्भ– पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
- मीन– मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन ।
आपतकालीन अवस्थामा तपाईं यसरी जगाउन सक्नुहुन्छ काम गर्न छाडेको मुटु: हृदयघात (हार्ट अट्याक) भएर मानिसको मृत्यु भएको धेरै सुनिन्छ। तर कार्डियक अरेस्ट (मुटु फेल) भएर धेरैको मृत्यु भइरहेको हुन्छ।हार्ट अट्याक र कार्डियक अरेस्टमा धेरै भिन्नता छ। हार्ट अट्याक हुँदा रक्तनलीमा रगत वा नराम्रो कोलेस्ट्रोलको कारणले प्लेक जम्न गई रक्तसंचार अवरुद्ध हुन्छ। फलस्वरूप मुटुको मांसपेसीमा अक्सिजन जान बन्द हुन्छ र मांसपेसी विस्तारै मर्न थाल्छ।तर, कार्डियक अरेस्टमा भने अचानक मुटुको विद्युत् सञ्चार अनियमित हुन्छ र धड्कन एकदमै बढ्छ। जसले गर्दा मुटु अनियन्त्रित भई अन्त्यमा मुटुले काम गर्न छोड्छ र मानिस बेहोस् हुन्छ। कार्डियक अरेस्ट हुनुका कारणमध्ये हार्ट अट्याक पनि एक हो।कार्डियाक अरेस्टमा भने प्रायः मानिस केही सेकेन्ड वा मिनेटमा नै बेहोस् हुन्छन्। यो डरलाग्दो रोगले समय, उमेर, ठाउँ केही पनि भन्दैन।
अमेरिकन हार्ट एसोसिएसनका अनुसार धेरैजस्तो कार्डियक अरेस्ट अस्पताल बाहिर हुनेगर्छ। अमेरिका जस्तो विकसित मुलुकमा पनि कार्डियक अरेस्ट भएका ९० प्रतिशत व्यक्ति समयमा सीपीआर नपाएकै कारण ज्यान गुमाउने गर्छन् । नेपालमा यसको संख्या अझ बढी हुनसक्छ । स्वस्थ मानिसलाई पनि अचानक कार्डियक अरेस्ट हुनसक्छ।कार्डियक अरेस्टपश्चात् हरेक मिनेट बित्दै जाँदा बिरामीको बच्ने सम्भावना १० प्रतिशतले घट्दै जान्छ। १० मिनेटमा प्रायः बिरामीले ज्यान गुमाउँछन् वा बच्ने सम्भावना न्यून हुन्छ। त्यसैले यस्तो जोखिम अवस्थामा एम्बुलेन्स आएर बचाउनेभन्दा पनि तपाईँ–हाम्रै सानो प्रयासले बिरामीलाई बचाउन सकिन्छ । यस्तो लक्षण देख्नासाथ संयम भएर सीपीआर दिन सक्यौं भने नै त्यो ठूलो उपलब्धि हुन्छ।सीपीआर दिँदा हातले छातीमाथि सकेको बल लगाएर थिच्नुपर्छ। मुटुले गर्ने काम तपाइँ–हाम्रो हातले गर्नुपर्छ। त्यो थिचाइबाट नै मुटु र मस्तिष्कले अक्सिजन भएको रक्तसञ्चार पाउँछ र बिरामीको ज्यान जोगिन्छ ।
यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।
मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।
Views: 0