श्री शनिसंकटाको दर्शनगर्दै हेर्नुहोस आजको ताजा राशिफल : यो राशिलाई आजको दिन अत्यन्तै कालो

२०७६ कार्तिक ९, शनिबार ०८:१० गते २०७६ कार्तिक ९, शनिबार ०८:१० गते २०७६ कार्तिक ९, शनिबार ०८:१० गते

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)Ariesपहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। (नेपाली पात्रो)

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)Taurusअवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला। (नेपाली पात्रो)

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)Geminiप्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला। योजना तत्काल सार्वजनिक नगर्नुहोला। कृषिबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। (नेपाली पात्रो)

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)Cancerसहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। (नेपाली पात्रो)

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)Leoबोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अनावश्यक खर्च बढ्ने र काममा समेत पछि परिने समय छ। (नेपाली पात्रो)

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)Virgoआँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। तर आगन्तुकले अलमल्याउने हुँदा काम पूरा नहुन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। (नेपाली पात्रो)

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)Libraकामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। (नेपाली पात्रो)

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)Scorpioमिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। (नेपाली पात्रो)

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)Sagittariusआजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। (नेपाली पात्रो)

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)Capricornश्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा जुट्न नसकिएला। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। (नेपाली पात्रो)

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)Aquariusखर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। आम्दानी भए पनि धन संग्रहमा बाधा पुग्नेछ। बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। (नेपाली पात्रो)

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)Piscesघुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। (नेपाली पात्रो)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *