फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु

२०७५ आश्विन ८, सोमबार ०८:५८ गते २०७५ आश्विन ८, सोमबार ०८:५८ गते २०७५ आश्विन ८, सोमबार ०८:५८ गते

फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्युमनिला, ८ असोज । फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका ४९ व्यक्तिको शव निकालिएको र मध्य फिलिसिन्सको सेबु प्रान्तको नगा शहरमा ४६ जनाको शव निकालिएको अधिकारीहरुले बताएका छन्।

फिलिपिन्सको लुजोन द्वीपबाट गत सेप्टेम्बर १५ मा शुरु भएको म्याङ्कुट नामक भीषण आँधीपछि यहाँ पहिरोले सताएको छ । यस पहिरोमा अझै पनि ५९ जना बेपत्ता रहेका छन्। नगा शहरमा मात्र ४० जना बेपत्ता रहेका र उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । त्यसैगरी करिब ३० ओटा घर डुबानमा परेका छन् ।

फिलिपिन्समा म्याङ्गकुट आँधी र गत हप्ता आएको भीषण पहिरोमा परी करिब २ सय व्यक्तिको मृत्यु भएको छ। यस वर्षको नै भीषण आँधीको रुपमा आएको म्याङ्कुटबाट करिब १६ लाख कृषक र माझीहरु प्रभावित भएका छन्। फिलिपिन्समा यस वर्ष आएको यो १५ औँ आँधी हो।

म्याङ्कुट भने सबैभन्दा शक्तिशाली आँधीका रुपमा रहेको छ । यस वर्षको अन्त्यसम्म अझै पनि चार या पाँच वटा आँधी आउने फिलिपिन्सको मौसम विज्ञान विभागले जानकारी दिएको छ । फिलिपिन्सका हरेक वर्ष करिब २० पटक आँधी आउने गरेको छ।

मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण छ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। त्यसैगरी स्न् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *