पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन ! आजको राशिफल : २०७५ साल आश्विन ९ गते मंगलबारमेषः–घरयासी खर्च आज बढ्ने देखिन्छ । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । मन चञ्चल हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । काममा अवरोध आउनेछ ।
वृषः– आकस्मिक आम्दानीको योग बनिरहेकोछ । आफ्नै पहलमा काम हुनेछन् र गरेका कामबाट उचित लाभ हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । घर परिवारबाट सहयोग,सहानुभूति मिल्नेछ ।
मिथुनः– कामले गति लिनेछ । अधुरा रहेका काम पनि बन्ने छन् । आफन्तजनबाट सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा नयाँ सम्भावना देखिने छन् । यान्त्रिक तथा कृषिजन्य व्यवसायबाट लाभ हुनेछ ।
कर्कटः–विचार परिवर्तन हुनेछ । मानसिक चिन्तामा कमी आउनेछ । बाहिरी काममा समय बढि लगानी हुदा आफ्ना कामले गति अझै लिने छैन । फलदायी यात्राको थोरै सम्भावना देखिन्छ । विश्वासमा नपर्नु होला ।
सिंहः– बन्न लागेका काममा अवरोध आउन सक्छ । आर्थिक क्षेत्रमा भने सुधार आउनेछ । आफ्नो कर्म क्षेत्र छोडेर अन्त नलाग्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पराक्रम बढ्ने छ । चिन्ता थपिएला ।
कन्याः– इष्टमित्र साथी भाईबाट सहयोग पाईनेछ । जीवन साथीको सहयोगमा धेरै काम बन्नेछन् । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । यात्राको योग देखिन्छ ।
तुलाः–विरोधीको चक्रव्यूहबाट बचेर काम गर्नु होला । नोकरी तथा राजनीतिमा समस्या आउन सक्छ,सरुवाको सामना गर्नु पर्ला । काम गरेर जश पाईने छैन । गोपनीयता अप्नाई काम गर्नु भएमा सफलता मिल्नेछ ।
वृश्चिकः– पठन पाठनमा थोरै प्रगति हुन सक्छ । कर्म गर्दा मर्म बुझिने दिने कोहि हुने छैन । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ । अलमलमा पर्नु भयो भने आफ्नो काममा अरुले नै अधिकार जमाउने छन् ।
धनुः– घर परिवारमा समस्या आउनेछ । माताको स्वास्थ्य कमजोर बन्न सक्छ । मानसिक चिन्ता बढ्नेछ । व्यापार व्यवसायमा समस्या आउनेछन् । लेनदेन कारोवारमा गडबढ हुन सक्छ सतर्क रहनु होला ।
मकरः– काम गर्ने उत्साहा बढ्नेछ । चुनौतिको सामना गर्न सक्षम हुनुहुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । निर्णय क्षमता बढ्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । आफन्तको सहयोग मिल्नेछ ।
कुम्भः–आर्थिक कारोवारमा सचेत रहनु होला । आफन्त बनेर धोका दिने कम हुने छैनन । व्यापार व्यवसायबाट आफुले सोचे जस्ता लाभ लिन सकिने छैन । गरेको परिश्रम खेर जान सक्छ सजग रहनु होला ।
मिनः– विवादित कामको टुङ्गो लाग्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । फजुल खर्चमा नियन्त्रण आउनेछ । पढाई लेखाईमा ध्यान जानेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।
Views: 0