मंगलबार हनुमानको कृपाले यी ४ राशिहरुको चिम्किनेछ भाग्य

२०७५ आश्विन ९, मंगलवार ००:२६ गते २०७५ आश्विन ९, मंगलवार ००:२६ गते २०७५ आश्विन ९, मंगलवार ००:२६ गते

मंगलबार हनुमानको कृपाले यी ४ राशिहरुको चिम्किनेछ भाग्यजीवनमा शक्ति र सिद्धिको कामनालाई पूरा गर्नको लागी हनुमान उपासना अचूक मानिएको छ । वास्तवमा हनुमान या उनको चरित्र जीवनमा संकल्प, बल, ऊर्जा, बुद्धि, समर्पण, शौर्य, पराक्रम, दृढ़ताको साथ जीवनमा हरेक चुनौती या कठिनाइहरुको सामना गर्नको लागी अद्भुत प्रेरणा रहेको छ। हनुमान एक सजिलै प्रसन्न हुने भगवान को रुपमा समेत चिनिने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार मंगलबारको दिन विधिवत रुपमा पूजा आराधना गर्दा केही राशीका व्यक्तिहरुलाई महाबली हनुमानको कृपा मिल्ने हुँदा जीवनमा आईपर्ने सम्पूर्ण दुख कष्ट नास भई ठूलो सफलता मिल्ने मान्यता रहेको छ। आज हामी तपाईहरुलाई मंगलबारको दिन हनुमानजीको कृपा मिल्ने रशिहरुको बारेमा बताउन जाँदै छौँ।

वृष राशी

वृष राशीका व्यक्तिहरुलाई मंगलबारको दिन हनुमानको कृपा मिल्ने भएकाले लामो यात्रा हुन सक्छ जुन तपाईका लागि निकै फलदायी रहने गर्छ। यस दिन विज्ञानको क्षेत्रमा केही ज्ञान लिने मौका मिल्नुको साथै मुद्दा मामिलामा आफ्नो पक्षमा सफलता मिल्नेछ। तपाईका अधुरा रहेका धेरैजसो कामहरु यस दिन सफलतापूर्वक पूर्ण हुने र सम्पूर्ण समस्यबाट छुटकारा पाउन सक्नुहुनेछ।

मिथुन राशी

मिथुन राशि भएका व्यक्तिहरु माथि भगवान हनुमान जी को कृपा दृष्टि बनेको छ । जसको कारण आफ्नो कार्य क्षेत्रमा अपार सफलता प्राप्त हुनेछ । यस राशिका व्यक्तिहरुका व्यापारमा विस्तार हुनेछ र साथै लाभ मिल्ने प्रबल सम्भावना पनि रहेको छ । लामो समय देखि कुनै रोगबाट पीडित हुनुहुन्छ भने त्यसबाट छुटकारा पाउनुहुनेछ । घर-परिवारमा सुख शान्तिको वातावरण बन्नेछ ।

कन्या राशि

कन्या राशिका व्यक्तिहरु माथि हनुमानजीको विशेष कृपा दृष्टि बन्नेछ । जसको कारण यस राशिका व्यक्तिहरुले व्यापारमा राम्रो लाभ प्राप्त गर्ने योग बनेको छ ।तपाईको जीवन खुशीयाली पूर्ण तरिकाले व्यतीत हुनेछ । नोकरी गरिरहेकाहरुको आयमा वृद्धि हुनेछ विद्यार्थीका लागि यस समय शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि अत्यन्तै शुभ रहनेछ ।

वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिहरु माथि हनुमानजीको विशेष कृपा दृष्टि बन्ने योग रहेकाले जीवनमा ठूलो परिवर्तन आउनेछ। तपाईलाई मंगलबारको दिन समाजमा ठूलो मान प्रतिष्ठा पाउने अवसर मिल्ने देखिन्छ। नोकरी र व्यापार दुवैमा ठूलो मात्रामा मुनाफा मिल्नेछ। स्वास्थ्य सामान्य रहने छ र भने यस आफुले सोचेका सम्पूर्ण कामहरु पूर्ण हुँदै जानेछन्। यस दिन हनुमानको कृपा मिल्ने हुँदा प्रेम सम्बन्ध समेत प्रगाड बन्दै जानेछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *