फिफाको ड्रिम टिम घोषणा, को – को परे ?एजेन्सी, ९ असोज । फिफाले वर्षको ड्रिम टिम घोषणा गरेको छ । वर्ष खेलाडी घोषणा गर्न आयोजित विशेष समारोहमा सार्वजनिक गरेको फिफाको ड्रिम टिममा क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी अटाएका छन् ।
ड्रिम टिममा ब्राजिलियन स्टार नेइमार भने पर्न सकेनन् । ड्रिम टिममा क्लब फुटबल र रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु परेका हुन् ।
टिमको गोलकिपरमा डेभिड डी गिया, डिफेन्डरमा सर्जियो रामोस, मर्सेलो, ड्यानी अल्भेस, राफेल भरोन, मिडफिल्डरमा अन्गोलो कान्टे, लुका मोड्रिच, इडेन हाजार्ड र फरवार्डमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, केलियन एमबाप्पे रहेका छन् ।
internetkhabar
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0