आगलागी भएको घरमा पाँच दिनपछि भेटिएका बृद्ध बाहिर आउँनै मानेनन्

२०७५ आश्विन ९, मंगलवार ०८:४९ गते २०७५ आश्विन ९, मंगलवार ०८:४९ गते २०७५ आश्विन ९, मंगलवार ०८:४९ गते

आगलागी भएको घरमा पाँच दिनपछि भेटिएका बृद्ध बाहिर आउँनै मानेनन्अमेरिकाको वासिङटन डिसीमा रहेको एक सहायता केन्द्रमा गतहप्ता आगलागी भएको थियो। आगलागीमा परी १० जना घाइते भएका थिए। संयौलाई त्यहाँबाट स्थान्तरण गरिएको छ।

तर आगलागी भएको घरभित्र पाँच दिनपछि ७४ वर्षीय एक वृद्ध सकुशल फेला परेपछि अमेरिकी प्रहरी अचम्ममा परेका छन्। प्रहरीले उनी गत बुधबारदेखि त्यहाँ फसेको हुनसक्ने आशंका गरेको छ।

तर जब प्रहरीले उनलाई उद्धार गर्न खोज्यो उनी त्यहाँबाट निस्कन नमानेको प्रहरीकाे भनाइ छ। प्रहरीले ढोका खोलेर हेर्दा उनी सोफामा आनन्दले बसिरहेका थिए। उद्धारमा खटेका एलिन केल्समिरले ती नाम नखुलाइएका वृद्धा रमाइलो आचरणको भएको बताए।

उनले भने, ‘जब हामीले उनलाई हामी उद्धारका लागि आउँदैछौं भनेउ, उनले म यस स्थान छाडेर काहीँ जाँदिनँ भन्ने जवाफ फर्काए।’

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन्।

nepalkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *