नवलपरासीमा मलेरियाका चार बिरामी फेला

२०७५ आश्विन ९, मंगलवार १०:३३ गते २०७५ आश्विन ९, मंगलवार १०:३३ गते २०७५ आश्विन ९, मंगलवार १०:३३ गते

नवलपरासीमा मलेरियाका चार बिरामी फेलानवलपरासी, ९ असोज । पश्चिम नवलपरासीमा पछिल्लो तीन महीनामा मलेरियाका चार बिरामी फेला परेका छन्। तीमध्ये दुई महिला छन्। साथै एक तीनवर्षीय बालक र एक सुनवल नगरपालिकास्थित सिमेन्ट उद्योगमा ज्यालादारीमा काम गर्ने भारतीय रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

पश्चिम नवलपरासी जिल्ला स्वास्थ्य कार्यालयका मलेरिया इन्स्पेक्टर गौरीशङ्कर प्रसादका अनुसार जिल्लाका सुनवल नगरपालिका, सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका तथा प्रतापपुर गाउँपालिकाका क्षेत्रबाट मलेरियाका बिरामी फेला परेका छन्।

रोगको सङ्क्रमण देखापर्ने सम्भावित स्थानमा सतर्कता अपनाउन आवश्यक देखिएकाले सोहीअनुसार कार्यालयले काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अरुणकुमार महतोले जानकारी दिनुभयो।

हाल पश्चिम नवलपरासीका चार वटै स्थानीय तह मलेरियाको उच्च जोखिममा परेका छन्। आर्थिक वर्ष २०७४/०७५ मा पश्चिम नवलपरासीमा सात र पूर्वी नवलपरासीमा २१ गरी दुवै जिल्लामा मलेरियाका २८ बिरामी फेला परेका थिए।
internetkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *